मानव जगतको आस्थाको केन्द्रको रुपमा रामनदी धाम राम्दीको विकास गर्नु पर्छ : नगर प्रमुख गुरु प्रसाद भट्टराई

प्रकाशित मिति:

टिकाराम अधिकारी-सम्पूर्ण मानव जगतको कल्याण गरि सव्यता र धार्मिक सांस्कृति पर्यटकीय हिसाबले सव्यता र संस्कृतिको विकासको धरोहर हिन्दूहरुको आस्थाको केन्द्र हामी सबैको जीवन भित्र देखिने र रहने आस्थाको केन्द्र रामनदी धामको विकासमा लाग्ने कुरा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनु भयो ।स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.१ रामनदी धाम राम्दी स्थित रामनदीधाम संस्कृत गुरुकुलम्को आयोजनामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत ४कोठे पक्की भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भयो ।

नगर प्रमुख भट्टराईले भन्नु भयो जीवनको पराकिलो यात्रालाई अझै फराकिलो बनाउने भोलि जीवन रहेसम्म हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा विकास गर्ने रामनदीधामलाई बृहत योजनाका साथ अगाडि वढ्ने कुरा बताउनु भयो ।उहाँले भन्नु भयो स्याङ्जा पाल्पा मात्रै नरहेर सम्पूर्ण हिसावले यस संग जोडिएको प्रभावित क्षेत्र र सबै वर्ग जातजाति धार्मिक सांस्कृतिक क्षेत्रको विकास गर्ने पक्षमा आफू निरन्तर लागि परेको र हामीले कुरा जति गरिन्छ त्यती नै कामगर्ने पक्षमा लाग्न समेत आग्रह गर्नु भएको थियाो ।

हाम्रो धर्म संस्कार संस्कृति संरक्षण गरेर सव्यता बचाउदै अगाडि वढ्न आवश्यक रहेको सम्पूर्ण मानव जातिको कल्याण गरेर अगाडि वढ्नु कुरामा आफू र नगरपालिका सधै लागि पर्ने कुरा नगर प्रमुख भट्टराई बताउनु भयो । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, गल्याङ नगरपालिका वडा नं.१ का वडाअध्यक्ष मणि प्रसाद वस्याल, गल्याङ नगरपालिका नगर शिक्षा समितिका सदस्य द्रर्बेन्द्रदेव खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । रामनदी धाम राम्दी स्थित रामनदीधाम संस्कृत गुरुकुलम् व्यवस्थापन समितिका अध्यक्ष सरस्वती महाराजको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामनदीधाम संस्कृत गुरुकुलम्का प्रअ कृष्ण प्रसाद वस्यालले गर्नु भएको थियो ।