आठ पासको प्रमाणपत्रको प्रतिलिपी लिँदा तीन हजार शुल्क , अनुसन्धान गरि कारबाही गर्ने नगर प्रमुखको भनाई

प्रकाशित मिति:

तिलाचन पाण्डे
पौष ९ , २०७५ गुल्मी
गुल्मी मुसीकोट नगरपालिका वडा नं २ मा रहेको खस्थोक माध्यमिक बिद्यालयले कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिँदा तीन हजार रुपैयाँ शुल्क लिएको छ । सोही बिद्यालयकी छात्रा ईश्मा गाउँपालिका वडा नं ४ का पुर्णिमा नेपालीका बुबा दान बहादुरले गुनासो बिद्यालयले प्रमाणपत्र बापत तीन हजार रुपैया लिएको गुनासो गरेकाछन् ।

नेपालीका अनुसार पहिले प्रमाणपत्र लिँदा तीन हजार दिएर लिएको तर बिबिध कारणले गर्दा प्रतिलिपी निकाल्दा पनि पुन तीन हजार तिर्नुपरेको बताए । उनले १ बर्ष पहिले छोरीको प्रमाणपत्र निकाली बाग्लुङ कुरियर मार्फत पठाउदा हराएकाले प्रतिलिपि निकाल्नु पर्ने भएको बताए । प्रमाणपत्र हराएकै कारण एक बर्ष खेर गएको र कक्षा नौ को रजिस्टेसन फर्म नै भर्न नपाएको नेपालीले दुःख ब्याक्त गरे ।
नेपालीले पहिले तीन हजार तिरेर प्रमाणपत्र निकालेको र अहिले फेरी प्रतिलिपि निकाल्दा पनि तीन हजार दोहोरो मर्कामा परेको बताए ।

ब्यबस्थापन समितिको निर्णय अनुसार नै काम गरेका छौ : प्रअ

खस्थोक माध्यमिक बिद्यालयका प्रधानाध्यापक कृष्ण सुर्यबंशीले भने बिद्यालय ब्यबस्थापन समितिले गरेको निर्णयका आधारमा लिईएको भन्दै बिद्यालयको बचाउ गरेकाछन्। उनले उल्टै बिद्यार्थी र अभिभाबकको लापरबाहीका कारण यस्तो समस्या आएको दाबी गरे । ब्यबस्थापन समितिको निर्णय अनुसार कक्षा ५ सम्म्को प्रमाणपत्र निकाल्दा दुई हजार र ६ देखी ८ सम्मकोलाई तीन हजार निर्णय भएको बताउदै पुर्णिमा नेपालीको प्रमाण पत्र निकाल्दा पहिले तीन हजार र प्रतिलिपि लिदाँ तीन हजार गरी छ हजार लिएको स्विकार गरेका छन् ।

तीन हजार रुपैयाँ अलि धेरै नै भयो  : समन्वय ईकाई प्रमुख

यता जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख थानेश्वर पाण्डेले यसरी प्रतिलिपि निकाल्दा पनि तीन हजार रुपैया बढि भएको बताए । यसमा समन्वयको कुनै हात नहुने भन्दै घिमिरेले बिद्यालय ब्यबस्थापन समितिले निर्णय गर्ने गर्दछन् । बिद्यालयमा आर्थिक समस्या भएर पनि यस्तो निर्णय गरिएको हुन सक्छ घिमिरेको भनाई छ।

अति नै भयो अनुसन्धान गरि कारबाही गछौ : नगर प्रमुख

मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले यसरी प्रतिलिपि लिदाँ समेत बिधालयले धेरै रकम लिई अति नै गरेको भन्दै अबिलम्ब अनुसन्धान गरिने बताए । सापकोटाका अनुसार सक्कलै रसिद सहित निबेदन लेखी नगरपालिकामा उजुरी दर्ता गराउन आग्रह गर्दै बिधालयलाई स्पस्टीकरण सोध्ने र आवश्यक परे कारबाही नै गर्ने दाबी गरे ।