स्थानीय तहमा मनपरी, जनप्रतिनिधि नै उपभोक्ता समितिको अध्यक्ष

प्रकाशित मिति:

धरान, ९ पौष

आफै योजना बनाउने, आफै कार्यान्वयन गर्ने र आफै अनुगमन गर्ने स्थानीय तहको कार्यशैलीको आलोचना भैरहेको बेला धरान उपमहानगरपालिका वडा नं. ४, खैरेनीटारस्थित सेउती खोला नियन्त्रणका लागि वडाका जनप्रतिनिधि कै अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको पाइएको छ । सो वडाका वडा सदस्य धनबहादुर राई नै उपभोक्ता समितिको अध्यक्ष बसेपछि स्थानीयहरुले विरोध गरेकाछन् ।

त्यति मात्र हैन वडा अध्यक्षको उपस्थितिमा उपभोक्ता समिति गठन गर्नुपर्ने र वडा अध्यक्ष कै संयोजकत्वमा अनुगमन समिति गठन गर्नुपर्ने निर्देशिकामा उल्लेख भएतापनि वैठकमा अध्यक्ष मानबहादुर राईको उपस्थिति समेत नभएको र अनुगमन समिति समेत गठन नभएको समेत पाइएको छ । वडा अध्यक्ष मानबहादुर राईले पनि निर्देशिकाको विद्यमान व्यवस्थालाई वेवास्ता गर्दै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यलय सुनसरीलाई सिफारिस गरेकाछन् ।

नाम नबताउने शर्तमा राई थरका एक स्थानीयले नेकपा र नेकपाका जनप्रतिनिधिहरुले एकपक्षीय रुपले विधि विधान मिचेर उपभोक्ता समिति गठन गरेको भन्दै यस्ता कार्यवाट काम भन्दा भ्रष्टचार र अनियमिता हुन सक्ने बताए । जनप्रतिनिधिलाई आप्mनो काम, कर्तव्य र अधिकार सम्बन्धि सामान्य ज्ञान र हेक्का समेत नभएको अर्का स्थानीयवासीले पनि नाम नबताउने शर्तमा आरोप लगाए । वेतिथि र विसंगतिले पराकाष्ठै नाग्न थालेको भन्दै अब राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र पत्रकारहरुले आ–आप्mनो क्षेत्रवाट खबरदारी गर्नुपर्ने उनले बताए ।