भियतनामसँग पराजित हुँदै बाहिरियो नेपाल

प्रकाशित मिति:

काठमाडौँ – भियतनाममा जारी एएफसी यू १७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसँगै नेपाल बाहिरिएको छ।शुक्रबार राति नेपाल भियतनामसँग ५ ० ले पराजित भयो। आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे।

छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३ ० गोलले पराजित भएको थियो। यता, भियतनामको यो लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा चाइनिज ताइपेलाई ४(० ले हराएको थियो।समूह ‘एफ’ मा भियतनाम ६ अंकसहित शीर्ष स्थानमा छ । यता, थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा छ। नेपाल भने अंकविहीन छ। नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ। समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछन् भने उपविजेता उत्कृष्ट ६ टोलीले एसियन कप खेल्नेछन्।