आज मंगलबार, शुभाशुभ कस्तो रहनेछ ? हेर्नुहोस् आजको दिन २०७५ पौष १० गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको १० गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष कृष्णपक्षको तृतीया तिथि बेलुका ५।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । तिष्य नक्षत्र राति ८।२० बजेसम्म रहनेछ । आज सूर्योदय ६।५४ मा छ भने सूर्यास्त बेलुका ५।१४ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा छन् । आज मंगलबार गणेशजीको उपासनासँगे राता वस्तुको प्रयोग पनि शुभ रहनेछ । यसैगरी आज गणेशजीलाई दुवो अर्पण गर्नाले अभीष्ट सिद्धि हुनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५