लौ हेर्नुहोस् एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकल …..

१० पुष २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया


झापाको बाह्रदशी गाउँपालिकाले सरकारी नीति नियमको धज्जी उडाउँदै कार्यालय प्रयोजनका लागि सेतो नम्बर प्लेटको दुईवटा मोटरसाइकल खुलेआम प्रयोगमा ल्याएको सञ्चारकर्मीको स्थलगत रिपोटिङ्गका क्रममा भेटाएपछि खुलासा भएको हो । कार्यालय परिसरमा रहेको दुईवटा मोटरसाइकलमा सेतो नम्बर प्लेटमा लेखिएको मे १ ब ७४९ नम्बर फेला परेको हो । पुस १०, झापा– यातायात व्यवस्था तथा ट्राफिक नियमको धज्जी उडाउँदै झापाका एक स्थानीय तहले एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकल चलाउँदै आएको खुलासा भएको छ । झापाको बाह्रदशी गाउँपालिकाले सरकारी नीति नियमको धज्जी उडाउँदै कार्यालय प्रयोजनका लागि सेतो नम्बर प्लेटको दुईवटा मोटरसाइकल खुलेआम प्रयोगमा ल्याएको सञ्चारकर्मीको स्थलगत रिपोटिङ्गका क्रममा भेटाएपछि खुलासा भएको हो । कार्यालय परिसरमा रहेको दुईवटा मोटरसाइकलमा सेतो नम्बर प्लेटमा लेखिएको मे १ ब ७४९ नम्बर फेला परेको हो । दुवै मोटरसाइकल बजाज कम्पनीको १५० सीसीको पल्सर रहेको छ । एउटा मोटरसाइकल लेखा अधिकृत सेवकबिक्रम राई र अर्को मोटरसाइकल इन्जिनियर नरेन्द्र श्रेष्ठले प्रयोग गर्दै आएका छन् ।
यता एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकलको विषयमा अनुसन्धान गर्दा एउटा मोटरसाइकलको नम्बर मे १ ब ७५६ रहेको फेला परेको हो । २०७५ साल असोज २९ गते मेची यातायात व्यवस्था कार्यालयमा दर्ता भएको एउटा मोटरसाइकलको सही नम्बर बुलुबुकबाट खुलेको छ । अर्को नम्बर कति हो भन्ने खुलेको छैन । त्यसको बुलुबुक गाउँपालिका कर्मचारीले देखाउन नमानेपछि एउटा मोटरसाइकल रहस्यमय बनेको छ गाउँपालिकाले एउटै नम्बरको मोटरसाइकल प्रयोगमा ल्याउनु चरम लापरवाहीको भएको स्थानीयको भनाइ छ । यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद नेपालले एउटै नम्बर प्लेटको मोटरसाइकल बारेमा हिजो मात्र थाहा पाएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया