शाख्तार डोनेट्स्कसँग बराबरी खेल्दै साबिक विजेता रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । एन्टोनियो रुडिगरले इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेपछि रियल समूह एफबाट नकआउट चरणमा प्रवेश गरेको हो ।
वारसमा खेलिएको खेलको ४६ औँ मिनेटमा ओलेक्सान्डर जुब्कोभले शाख्तारलाई अग्रता दिलाएका थिए । युक्रेनियन टोली जीततर्फ अगाडि बढिरहँदा रुडिगरले ९५ औँ मिनेटमा टोनी क्रुसको पासमा गोल गर्दै रियललाई महत्त्वपूर्ण अङ्क दिलाए ।समूहको अन्य खेलमा जर्मन टोली आरबी लेइपजीगले सेल्टिकलाई २–० गोलले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । समूहमा १० अङ्कसहित रियल शीर्ष स्थानमा रहेको छ भने ६ दोस्रो स्थानमा रहेको लेइपजीगले ६ अङ्क बटुलेको छ । शाख्तारको ५ अङ्क रहेको छ भने सेल्टिक १ अङ्कमा सीमित छ ।