२९ दिन पछि सुरु हुँदै छ कतार विश्वकप-२०२२

प्रकाशित मिति:

दोहा – कतारले आयोजना गरेको मध्यपूर्व र अरब विश्वकै पहिलो फिफा विश्वकप(२०२२ अब २९ दिनपछि सुरु हुँदै छ।आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बर ९करिब एक महिना सम्म चल्ने विश्वकपमा ६४ खेल खेलाउनका लागि कतारले आठ अत्याधुनिक रंगशाला बनाइसकेको छ।

६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा उद्घाटन स्थल हुनेछ। २० नोभेम्बरमा कतार र इक्वेडरबीच पहिलो खेल हुनेछ भने लुसेल स्टेडियममा १८ डिसेम्बरमा कतारको राष्ट्रिय दिवसको दिन फाइनल खेल हुनेछ।एक स्टेडियमबाट अर्को स्टेडियममा पुग्न झन्डै एक घण्टाको समय लाग्ने गरी निर्माण गरिएको छ। कतारले तनावमुक्त र मनोरञ्जनात्मक प्रतियोगिता सुनिश्चित गर्न रेल प्रणाली, सडक सञ्जाल, होटेल, अपार्टमेन्ट र एयरपोर्ट जस्ता धेरै पूर्वाधारहरू निर्माण वा स्तरोन्नति गरिसकिएको जनाएको छ।