नवलपरासी(पश्चिम) क्षेत्र नं. २ – कांग्रेसका कण्डेलको विकल्प कण्डेलनै , १५ हजार मतान्तरले जित्ने दावि

प्रकाशित मिति:

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृहराज्य मन्त्री देवन्द्रराज कण्डेलको क्षेत्र हो ,नवलपरासी(पश्चिम) क्षेत्र नम्बर २ । तर क्षेत्र नम्बर २मा उनी कण्डेलनै अहिलेको निर्वाचनमा पनि बलियो देखिएका छन् । २०७४को निर्वाचनमा एमाले माओवादी सहितको बाम गठबन्धनलाई फराकिलो अन्तरले पराजित गरेका कण्डेललाई मंसिर ४को निर्वाचन भने निकै सहज हुने मानिएको छ । यस क्षेत्रमा आगामी निर्वाचनका लागि कांग्रेस–माओवादी केन्द्रको गठबन्धन रहेको छ । जसमा प्रतिनिधी सभामा कांग्रेसकै नेता कण्डेलको उम्मेदवारी छ भने प्रदेश(क)मा माओवदीका उम्मेदवार चिनक कुर्मी र प्रदेश(ख)मा बैजनाथ कलवारको उम्मेदवारी रहेको छ । यता कांग्रेका माओवादीको प्रतिस्प्रर्धीको रुपमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । यस्तै , राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा ) र लेकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेर निर्वाचनमा प्रतिस्प्रर्धा गर्दै छन् ।

एमाले र जसपा गठबन्धनबाट प्रतिनिधी सभामा एमाले जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले उम्मेदवारी दिएका छन् भने प्रदेश २(क)मा एमालेकै थान प्रसाद गैरे र २(ख)मा जसपामा जिल्ला अध्यक्ष धरेन्द्र यादवले उम्मेदवारी दिएका हुन् । यस्तै , राप्रपा– लोसपा गठबन्धनबाट राप्रपाका नेता धुव्र बहादुर प्रधानले प्रतिस्प्रर्धा गरेका छन् भने प्रदेश २(क)मा लोसपाका पञ्चराम चौधरी र २(ख)मा पनि लोसपाकै नगेन्द्र अग्रहरीले प्रतिस्प्रर्धां गर्दै छन् ।तिन ओटा गठबन्धन सहित केही अन्य राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारी समेत यस क्षेत्रमा परेको छ । नवलपरासी–२ मा कांग्रेसका देवेन्द्रराज कँडेल र एमालेका दिपेन्द्र अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको २५ हजार ६८६, एमालेको २३ हजार ३४२, माओवादीको ९ हजार १५१, राप्रपाको ८ हजार ८७८, जसपाको ७ हजार ३११, लोसपाको ४ हजार ५८० र नेकपा एकीकृत समाजवादीको ८८५ मत रहेका छ । मतको हिसाबले कांग्रेका कँडेल १६ हजार ९६० मतले अघि देखिन्छन् ।
०७४को निर्वाचनमा कांग्रेसका कण्डेल बाम गठबन्धन भन्दा ८ हजार मत कम थियो तर चुनावको नजिता आउँदा कण्डेले १० हजार अन्तरले बाम गठबन्धनलाई हराएका थिए । जबकी नेपाली कांगेस देशभरीमा जम्मा २३ सिट मात्रै प्रत्यक्षमा जितेको थियो ।त्यस्तो समयमा पनि कण्डेलको विजयले उनको निकै राम्रो प्रभाव भएको बुझ्न सकिन्छ ।

किन लोकप्रिय छन् , कण्डेल ? जनता र समाज प्रति आफूले गरेको योगदानले गर्दा नवलपरासीका जनताले आफूलाईनै बिजय बनाउने कण्डेल दावि गर्छन् । सुनवल देखी महेशपुर बोर्डर सम्मको क्षेत्रमा आफुले सडक पुर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको उनको भनाई छ । नवलपरासी हुँदै बाईपास सडक , परासी बजारको चार लेन सडक , हुलाकी राजमार्ग , महेशपुर छोटि भन्सारलाई मुल भन्सारमा परिणत गर्ने कामहरु भएका छन् ।यस्तै, कण्डेलकै पहलमा महेशपुुर भन्सारलाई राजमार्ग संग जोड्ने महेशपुर– सुनवल सडक चार लेनमा परिणत गरी व्यापारिक मार्गको रुपमा परिणत गर्न करिब १ अर्ब ३३ करोड बजेट व्यवस्थापनको साथै निर्माण कार्य प्रारम्भ भएको छ । सिमा क्षेत्रको विकासको मुख्य उद्देश्य सहित नवलपरासी र रुपन्देहीको बोर्डरलाई जोड्ने महेशपुर–सुनवल जोड्ने गरी भन्सीपुर–सनही देखी पडरी सम्म १४ किलोमिटरको रणनीतिक सडक निर्माणका लागि करिब ४० करोड बजेट व्यवस्थापन गरी कामको सुरुवात भएको छ ।
कण्डेलले स्थानिय पुर्वाधार विकास कार्यक्रमबाट शिक्षा क्षेत्र , स्कूल तथा मदरसाका भौतिक संरचना निर्माणमा ३ बर्ष सम्म नियमित बजेट व्यवस्थापन गरेका छन् साथै स्थानिय पुर्वाधार विकास कार्यक्रमबाटै स्वास्थ्य क्षेत्र ,खेलकुद , धार्मिक , पर्यटकिय क्षेत्र तथा समाजिक क्षेत्रको विकासमा समेत उल्लेख्य बजेट व्यवस्थापन गरेको उनको निजी सचिवलायले जनाएको छ ।

नवलपरासीमा सिंचाईको सुविधाका लागि डिप बोरिङ् तथा खानेपानी व्यवस्थापनका लागि समेत बजेट विनियोजन , शहरी विकास कार्यक्रमबाट रामग्राम नगरपालिकालाई सुन्दरीकरण गर्न पहल गर्नुको साथै कण्डेलले बजेट समेत व्यवस्थापन गरेर कार्यान्वयनमा गई सकेको छ । यस्तै ,सुनवल नगरपालिकालाई सुन्दिरिकरण गर्न सहरी विकास मन्त्रालयबाट करिब २०करोड बजेट व्यवस्थापन भएको छ ।सरावल गाउँपालिकाको बाँसाबसई हुँदै सुनवल १३ ,बडेरा हुँदै जोड्ने करिब ८ किमीको रिङ् रोड निर्माणका लागि योजना स्वीकृत भई प्रारम्भिक बजेट सहित कार्य प्रारम्भ भएको कण्डेलको सचिवालयले जनाएको छ । पछिल्लो समय सुकुम्बासी समस्या समाधानका आयोग गठन गरी भुमिहिन , दलित तथा सुकुम्बासीहरुलाई लालपुर्जा वितरण लगाएतका कामको पनि सुरुवात भएको छ । कण्डेलले नवलपरासीको बिकासको लागि आफू निरन्तर लागेको कारणलेनै जनता आफ्नो साथमा रहेको बताए । उखु किसान, खेरा खेती गर्ने किसान , बाढिको समस्या आदि विद्यमान समास्याहरुको दिर्घकालिन समाधान र आफ्नै पहलमा सुरु भएका योजनाहरुको सफल कार्यान्वयनका लागि पनि आफूले पुन उम्मेदवारी दिन परेको कण्डेलले बताउँछन् । उनी २०५६ र २०५८ मा २ पटक गृहराज्यमन्त्री बने। कण्डेलले एकपटक जिल्ला पार्टी सभापति र २ पटक केन्द्रीय सदस्यको जिम्मेवारी समालिसकेका छन् ।