मेक्सिकन राजनीतिका शक्तिशाली दम्पतीको हेलिकप्टर दुर्घटनामा निधन

प्रकाशित मिति:

मेक्सिको, १० पुस – सोमबार मेक्सिकोको प्युब्ला प्रान्तकी गभर्नर मार्था एरिका आलोन्सोले पद सम्हालेको १० दिनमात्र भएको थियो । यो प्रान्तकी पहिलो महिला गभर्नर उनले डिसेम्बर १४ मा सपथ लिएकी थिइन् । उनी गभर्नर बन्नुभन्दा पहिले त्यहाँ उनका पति राफेल मोरेनो भाइल गभर्नर थिए । यसपालि उनी संघीय सांसद निर्वाचित भएका थिए । मेक्सिको राजनीतिमा यो जोडी शक्तिशाली दम्पत्तिका रूपमा चर्चित थियो । तर अब उनीहरू मेक्सिकोको राजनीतिमा हुने छैनन् । सोमबार भएको हेलिकप्टर दुर्घटनामा परी उनीहरूको निधन भएको छ । मेक्सिकन समाचारपत्र रिफोर्माका अनुसार उनीहरू चढेको हेलिकप्टर प्युब्लाको हेलिप्याडबाट सान पेड्रो ट्लाल्टेनांगोतिर गएको थियो । प्युब्ला सरकारले विज्ञप्ति जारी गर्दै दुर्घटनामा मार्था दम्पत्तिसहित कम्तिमा पाँच जनाको ज्यान गएको जनाएको छ । मृत्यु हुने अन्यमा दुई जना पाइलट र एकजना भाइलका सहयोगी छ । विज्ञप्तिमा कोरोनांगो नगरमा भएको हेलिकप्टर दुर्घटना भयावह भएको बताइएको छ ।

मार्थाका पति राफेललाई कुनै बेला मध्यमार्गी दल नेशनल एक्सन पार्टीको उदाउँदो नेताको रूपमा हेरिएको थियो । उनले सन् २०११ देखि २०१७ सम्म प्यूब्लाको गभर्नर चलाएका थिए । एक समयमा उनलाई भावी राष्ट्रपतिको सम्भावित उम्मेद्वार भनिएको थियो ।गत जुलाईमा भएको चुनावबाट मेक्सिको संस्थापनलाई हराएर राष्ट्रपति चुनिएका आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले मार्था र उनका पतिको निधनमा गहिरो शोक व्यक्त गरेका छन् । उनले दुर्घटना कसरी भयो भन्नेबारे जाँचबुझ गर्न अधिकारीहरूलाई निर्देशन पनि दिएका छन् । ‘दुर्घटनाको अनुसन्धान गरी के भएको ह सत्यतथ्यबाहिर म प्रतिवद्ध छु,’ राष्ट्रपति ओब्राडोरले मार्था परिवारलाई लेखेको समवेदनामा भनेका छन् । सन् २०१० मा प्युब्लाको गभर्नर जितेपछि राफेल शक्तिशाली नेताका रूपमा उदाएका हुन् । उनको महत्वकांक्षा बढेसँगै प्रान्त र आफ्नै पार्टीका नेतालाई नियन्त्रणमा राख्न थालेको भन्दै आलोचना भएको थियो । पछि उनीमाथि राजनीतिक प्रक्रियालाई बेवास्ता गरेको आरोप लागेको थियो । उनकी पत्नी मार्थाले गभर्नरको जितेको चुनावबारे राष्ट्रपति ओब्राडोरको पार्टीले विरोध गरेको थियो । पत्नी मार्थालाई जिताउन भाइलले चुनावी प्रक्रियामा प्रभाव पारेको उसको दाबी थियो ।