ॐ कस्तो धन क्षणिक हो ? हेर्नुहोस् आजको नीति वचन !

प्रकाशित मिति:

अधर्मेणैतथे पूर्व ततो भद्राणि पश्यति ।
ततः सपत्नान् जयति समूलस्तु विनश्यति ।। –नीचि श्लोक

अधर्म कर्मबाट प्राप्त धनले मानिसलाई क्षणिक सुख समृद्धि त दिन्छ तर अन्त्यमा उसको विनास निश्चित छ ।सत्कार्यबाट आर्जित धन मात्र दीर्घकालीन र वृद्धिदायी हुन्छ । असत्कर्मबाट आर्जित धनले घर परिवारमा क्षणिक सुख शान्ति त दिन्छ, धनी भनी सबैले राम्रो नजरले हेर्छन् र शत्रु जित्न सक्ने तागत पनि दिन्छ तर कालान्तरमा त्यही धन विनशको कारण बन्न पुग्छ । त्यसैले सत्कार्यमा मात्र लाग्नु पर्छ । सत्कार्यबाट आर्जित धन नै सुख र समृद्धिकारक हुन्छ । सत्कर्मबाट आर्जित धन दीर्घकालीन उन्नतिकारक हो भने अधर्मको धन ऐश्वर्य क्षणिक मात्र हो भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –