क्रिसमस कै दिनमा चितवनमा बाईबल जल्यो

प्रकाशित मिति:

चितवन, पुस १०/ चितवनमा हिन्दूवादीहरुले धर्म परिवर्तन रोक्न माग गर्दै आज क्रिसमसको दिनमा बाइबल जलाएका छन् ।हिन्दू जागरण नेपालले गरेको कार्यक्रममा हिन्दू धर्म रक्षाको माग गर्दै भरतपुरको चौबिसकोठीमा बाइबल जलाएका हुन् । उनीहरुले धर्म निरपेक्षता बन्द गर, गौ हत्या बन्द गर, धर्म परिवर्तन बन्द गर लगायत माग राख्दै प्रदर्शन गरेका थिए । उनीहरुले नेपालको मौलिक धर्म संस्कार संस्कृतिको संरक्षण गरौं, देशको विविधतालाई नष्ट हुनबाट जोगाऔं भन्दै नारायणगढको पोखरा बसपार्कबाट पुलचोक हुँदै चौबिसकोठीमा आएर कोणसभा गरेका थिए । कोणसभालाई हिन्दू जागरण नेपाल चितवनका अध्यक्ष निरज शर्मा काफ्ले सम्बोधन गरेका थिए ।