देउसी भैलो खेली बुटवल विद्यार्थी क्लबले भोजन अर्पण सेवा साथै न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

आज सडक सहयोगापेक्षी मानवहरुको सेवामा संचालित मानव सेवा आश्रम सबुटवलमा रहेका करिव ७८  जना बृद्ध बृद्धाहरुलाई आज एक कार्यक्रमबिच विहानको भोजन सेवा उपलब्ध गराईको छ ।
बुटवल विद्यार्थी क्लबले देउसी भैलो कार्यक्रम-२०७९ खेली विभिन्न स्थान गएर उठाएको कात्तिकके दान देखि आज सो भोजन सेवा उपलब्ध गराएको हो ।

कार्यक्रमको  अध्यक्षता गर्नु भएको  देउसी भैलो कार्यक्रमका संयोजक अर्जुन शाह ठकुरीले  सहयोगापेक्षी मानवहरुलाई यो सानो सहयोग गर्न पाएको र आगामी दिनमा पनि यसखालको पुन्य कार्यमा लागि रहने बताउनु भयो । साथै मन्तव्य देखिनै उहाले स्वयम आफ्नो र परिवारको तर्फ देखि रु पाँच हजार पाच रुपैया सहयोग पनि गर्नु भएको थियो।

यसैगरी कार्यक्रममा आफनो सदभाव धारणा राख्दै अतिथिमा रहनु भएका मधुसूदन नेपाल (बिपिन)ले आफुहरुले जुन उदेश्य लिएर देउसी भैलो कार्यक्रम खेल्नु भएको थियो उक्त उदेश्य पूरा गर्न पाएकोमा निकै गर्व महसुस गरेको बताउदै ९ दिन दिन रात नभनी सहयोगको भावना लिएर विभिन्न स्थानमा गएर कार्तिके दान लिइ उक्त सहयोग गर्न पाएकोमा साथै उक्त उदेश्य पूरा गर्नको लागि देउसी भैलो कार्यक्रम सहभागी हुनु भएका सम्पुर्ण सदस्यहरुलाइ धन्यवाद व्यक्त गर्दै आफ्नो भनाइ राख्नु भएको थियो।

क्लबले आज मानव सेवा आश्रममा मात्र नभई तिलोतमा ६ स्थित रहेको रामचन्द्र मैनादेवी अनाथ आश्रममा करिव दस जाना रहेका बालबालिकालाई जाडो आउदै गरेको अवस्थामा १० वटा मोटो बलानकेट साथै ५ थान माक्स हस्तान्तरण गरेको कार्यक्रम संचालक कुशल न्यौपानेले जानकारी दिए ।