स्याङ्जा २ मा मतगणना सुरु नहुनु आयोग असफल हुनु होः मोहन पाण्डेय

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य मोहन पाण्डेले स्याङजा २ मा मतगणनाको विकल्प नरहेको बताउनुभएको छ ।स्याङजा २ मा गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको हालसम्म मतगणना सुरु हुन सकेको छैन । नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै उहाँले आफै शान्तीपूर्ण रुपले निर्वाचन सम्पन्न भएको पुष्टी गरी हस्ताक्षर गर्ने निर्वाचन आयोगले अहिलेसम्म मतगणना सुरु गर्न नसक्नु लज्जास्पद भएको टिप्पणी गर्नुभयो ।

सोही क्षेत्रबाट संविधान सभा सदस्य समेत रहनुभएका पाण्डेले अन्य क्षेत्रमा ५५–६० प्रतिशत मत खस्दा त्यो क्षेत्रमा ९८ प्रतिशत खस्नु कुनै नौलो कुरा नभएको बताउँदै २०७० सालमा शतप्रतिशत मत खसेको दावी गर्नुभयो ।पाण्डेले मतगणना सुरु गर्न नसक्नु आयोग आफै असफल बनेको पुष्टीसमेत भएको बताउँदै यदि आयोगले मतगणना सुरु नगरी पुनः मतदान गर्ने सोच बनाएमा आयोगले आफु असफल भएको घोषणा गर्नुपर्ने आशय व्यक्त गर्नुभयो । अन्य पार्टी तथा उमेदवारहरुले धाँधली भएको, बुथ कब्जा गरिएको, ९८ प्रतिशत मत खसेको, लगायतका आरोप आफु पराजित हुने निश्चीत भएपछि रचिएको अनाहक प्रोपोगाण्डा भएको आरोप लगाउदै उहाँले आफुहरुलाई मतगणनाको कुनैपनि विकल्प मान्य नहुने चेतावनी दिनुभयो ।