संबिधानमा उपचार अभावमा बिरामीको मृत्युवरण भए राज्य दण्डित हुनुपर्ने व्यवस्था छ : प्रचण्ड

प्रकाशित मिति:

चितवन, पौष ९।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनताको आस्थालाई सम्मान गर्नुपर्ने बर्ताका छन् । गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिक र नेता विश्वप्रकाश सुवेदीकी ममतामयी आमा धनकुमारी सुवेदीको श्रद्धाञ्जली सभालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले उपचार अभावमा बिरामीको मृत्युवरण भए राज्य दण्डित हुनुपर्ने व्यवस्था संविधानले गरेको बताए। उनले उपचार नपाएर अब कोही पनि मर्नु नपर्ने समेत बताए ।

प्रचण्डले धर्म र आस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्ने नीति लिन नहुने बताउँदै जनताको आस्थालाई अपमान गर्ने कसैको मान्यता नभएको भन्दै जनताको आस्थालाई सम्मान गर्ने धारणा राखे। उनले राज्य विविध आस्थाप्रति निरपेक्ष रहेको र यो लोकतन्त्रको आधारभूत कुरा रहको बताए ।

प्रचण्डले सरकारले बढी नै मिहिनेत गरेर गत असोजमा मौलिक अधिकारसम्बन्धी ऐन बनाएको जानकारी दिए। संविधानले शिक्षा, स्वास्थ्य र रोगजारीलाई जनताको मौलिक अधिकारमा परिभाषित गर्नु ठूलो विषय भएको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी सरकारले गर्नु पर्ने ऐनमा उल्लेख भएको प्रष्ट पारे ।