जिबन बीमा कार्मचारी

प्रकाशित मिति:

जिबन बीमा जस्तो संस्थामा काम गर्ने आउने कर्मचारीहरु इमान्दार, मेहनती, लगनशिल र क्षमता भएको हुनु जरुरी छ । सफल हुन धैर्यता आवश्यक हुन्छ, जुन आजका मानिस मा कम पाइन्छ । कुनै गन्तव्यमा पुग्न समय र मिहिनेत र धैर्यता लाग्छ । यो कुरा सँधै ध्यानमा राख्नुपर्छ ।सानो पदबाट बिमा क्षेत्रमा प्रवेश गर्न हिच्किचाउनु हुँदैन । किनकि, ससनो कुराको अनुभवबाट नै हिम्मत, आत्मविश्वास र अनुभव बढ्छ । संस्था को प्रमुख बन्नकालागि पहिले कर्मचारी बन्नुपर्छ, तबमात्र उसले कर्मचारीको भावना बुझेर राम्रोसँग व्यवस्थापन गर्न सक्छ । शैक्षिक योग्यताकै आधारमा सीधै ठूलो पद ताक्ने वा सानोपदमा काम गर्न हिच्किचाउने गर्नु हुँदैन । बीमा बजार मा नै करिअर बनाउने सोचमा हुनुहुन्छ भने मनमा इगो राखेर हुँदैन ।

सिक्ने मनशाय हुनुपर्छ । अनुभव लिँदै पोख्तबन्नुपर्छ । यस को मानेमा शैक्षिक योग्यताका साथमा बाह्य ज्ञान को आवश्यकता अनिवार्य हुनु पर्छ । हुन त शैक्षिक योग्यता आवश्यकताको कुरा हो । तर, बिमा कोकुनै शाखा चलाउन शैक्षिक योग्यताका साथमा बाहिरी ज्ञानहरुको पनि आवश्यकता पर्दछ । बिमा मा जागीर खान चाहनेले पहिले बीमा का बारे केके कुरा हुन्छन् ? बिमा का जोखिम के हो ? बीमाका क्षेत्रका अवसरहरु केके हुन् ? लगायतका विषयमा पनि राम्रोसँग जानकारी हासिल गर्नुपर्दछ । बीमा तथा वित्तिय क्षेत्रमा जागीरखाने धेरै जसो मेनेजमेन्ट विद्यार्थीहरुले नै हो । तर, यस्ता कुराहरु कोर्समा हुँदैनन् । कुनै पनि रिक्त पदमा अन्तर्वार्ताका लागि जाँदा उक्त बीमा को बारेमा सामान्यकुरा जाने को हुनु आवश्यक छ । साथमा,यस क्षेत्रकापछिल्ला खबरहरु अध्ययन गर्नुपर्छ । नयाँ नीतिनियमहरु थाहा भएको हुनुपर्छ ।

बीमा बजार ले यस्ता व्याक्तित्व लाई खोजीरहेको छ ।-इनर्जेटिक व्यक्तित्व-अहिलेका विधार्थीहरुमा इनर्जी छैन, मैले केही गरेर देखाउछु भन्ने धारणा छैन, म जागिर गर्छु भनेर आँट गरेर आउन सक्ने क्षमता छैन । उनीहरुले एकैचोटी ठूलोपोस्टमा जागिर खान्छु र धेरै पैसा कमाउँछु भन्ने धारणा राखेका हुन्छन् । त्यस्तो मानसिकताले गर्दा मानिसहरुले केही प्रगती गर्न सक्दैनन् । हरेक कुरा जान्न खोज्ने, मिहनेती, लगनशील र जागरिँला मानिस मात्र बीमा ले राख्ने गर्दछ । पैसातिर भन्दा पनि नैतिकतालाई ध्यानमा राखेर काम गर्ने व्यक्तिले बीमा को क्षेत्रमा कामपाउँछ । लगनशील भएर काम गर्यो भने बीमा क्षेत्रमा राम्रो भबिष्य छ । लेखक-सुबास गैरे,रिलायबल नेपाल लाईफ ईन्योरेन्स