प्रजातंत्रका सेनानी अधिकारीको मृत्यु अन्तिम श्रद्दान्जलीको तयारि गरिदै ।

प्रकाशित मिति:

चितवन, पौष १०

नेपाली कांग्रेस चितवनका पूर्वउपभापति तथा प्रजातन्त्रका सेनानी रघुनाथ अधिकारीको ७५ वर्षको उमेरमा निधन भएको छ । वीर अस्पताल काठ्माण्डौमा उपचारका शिलशिलामा मंगलबार विहान उहाँको निधन भएको हो । हृदयघात भएपछि उहाँ अस्पताल भर्ना हुनु भएको थिए । उहाँको पार्थीव शरीरमा कांग्रेसका उपभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर श्रदाञ्जली व्यक्त गर्नुभयो ।
स्वर्गीय अधिकारी विस २०३६ सालको आन्दोलन, ०४२ सालको सत्याग्रह, ०४६ सालको जनमतसंग्रहका बेला पटक पटक जेल तथा गिरफ्तारीमा पर्नु भएको थिए । अधिकारीका बुबा उदयनाथ लम्जुङमा ‘हलो क्रान्ति’मा सहभागि भएको कारण तत्कालिन पञ्चायतले सर्वस्वहरण गरेपछि चितवन बसाईं सर्नु भएको थियो । उदयनाथ कांग्रेस चितवनका संस्थापक नेता हुनु हुन्थ्यो । स्वर्गीय अधिकारीका एक छोरा र एक छोरी हुनुहुन्छ । खैरहनी–५ को वडाध्यक्ष बनेका अर्का छोरा नरेन्द्र अधिकारी सवारी दुर्घटनामा परी गत फागुनमा निधन भएको थियो । नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले अधिकारीको पार्थीव शरीरको अन्त्योष्टीका लागि आज मंगलबार दिउँसो ३ बजे देवघाटमा ल्याउने तयारी भैरहेको बताउनुभयो । अन्तिम श्रद्धाञ्जलीका लागि देवघाटमा शोकसभा हुन लागेको उहाँले बताउनुभयो । जोशीले प्रजातन्त्रका सेनानी गुमाउनुपर्दा पार्टीलाई ठूलो क्षती भएको बताउनुभयो ।