अनागत गितमा प्रियंका कार्कीको स्वर

प्रकाशित मिति:

करीब २ वर्ष अगाडि नै निर्माण भएको फिल्म ‘अनागत’ अब प्रदर्शनका लागि तयारी अवस्थामा छ । निर्माण टिमले हालै माघ ११ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ । यसबीच फिल्मको पहिलो गीत सार्वजनिक भएको छ|कसलाई पोखुँ। बोलको गीतमा फिल्मका लिड कलाकार प्रियंका कार्की र अर्पण थापा प्रस्तुत छन् । गीतमा श्रीमान्(श्रीमतीबीच घर व्यवहारमा उब्जिने मानसिक द्वन्द्वलाई देखाइएको छ । गीतमा प्रियंका स्वयंको स्वर छ ।यनमा प्रियंकालाई सुरजसिंह ठकुरीले साथ दिएका छन् । गायक सुरज र साम्तेन भुटियाको शब्द रहेको गीतमा सुरजकै संगीत सुन्न सकिन्छ । केही दिन अगाडि प्रियंका र अर्पणको इन्टिमेट सिन समावेश फिल्मको टिजर सार्वजनिक भएको थियो ।
साम्तेन भुटिया निर्देशित फिल्ममा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदी पनि मुख्य भूमिकामा छन् । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्म सस्पेन्स थ्रिलर जानरामा बनेको हो ।
फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व। निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।