मेक्सीकोको सिमाना पार गरेर अमेरिका पुगेका ८ वर्षीय बालकको हिरासतमै मृत्यु

प्रकाशित मिति:

पुष,११ बुटवल । अमेरिकाको सरकारी हिरासतमा रहेका ८ वर्षको बालकको ज्यान गएको छ । अमेरिका–मेक्सीको सिमाना पार गरेको आरोपमा पक्राउ परेका ग्वाटेमालाका ८ वर्षका बालकको ज्यान गएको आप्रवासन अधिकारीले बताएका बीबीसीले जनाएको छ । चिसो र ज्वरोका कारण थलिएका बालकको उपचारको क्रममा अस्पतालमा ज्यान गएको अमेरिकी सीमा सुरक्षाले निकालेको विज्ञप्तीमा उल्लेख छ । यसअघि ७ वर्षकी बालिकाको पनि डिहाइड्रेसन र यातनाका कारण ज्यान गएको द वासिङटन पाष्टले जनाएको छ ।
पछिल्लो समय विभिन्न देशमा विस्थापित भएका आप्रवासी साना छोराछोरीसहित अमेरिका पस्ने क्रम बढेपछि अमेरिकाले थप कडाई गरेको छ ।
एजेन्सी