पुस, कञ्चन-रुपन्देहीको कञ्चनमा गत पुस २३ गते देखि जारी जिल्ला स्तरिय नकआउट फुटवल प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा सैनामैनाको विश्वशान्ती एफसी फाइनलमा प्रवेश गरेको छ।विश्व शान्ती र सनौलो संगम, कञ्चन बिच शुक्रवार भएको सेमीफाइनल खेलमा दर्शकहरुले अपेक्षा गरे अनुसार प्रतिस्पर्धात्मक हुन नसके पनि खेलको पुरा समय निकै रोमञ्चक बनेको थियो। विश्व शान्ती र सनौलो संगम, कञ्चन बिचको खेलमा निकै कडा प्रतिस्पर्धात्मक हुने र सम्भव त पेनाल्टी शुटआउटमा खेलको अन्त्य हुने दर्शकहरुले गरेको अडकलवाजीको ठिक विपरित खेल भएको थियो।
खेल शुरु भएको ३ मिनेटमै सुनौलो संगमका प्रेम थापाले आफ्नै गोलपोष्टमा आत्मघाती गोल गर्नु नै सुनौलो संगमका लागि दर्शकहरुका बिच खराव नतिजाको संकेत देखिएको थियो। आफ्नोलागि विपक्षी टिमका खेलाडीबाट वोनसको रुपमा आत्मघाती गोल प्राप्त गरेसंगै १ गोल अन्तरले अग्रता कायम गरेर खेल हौसला पाएको विश्वशान्तीले सुनौलो संगमबाट प्रहार भएका हरेक गोलहरु कडा डिफेण्डिङ्गमा खेल्यो। खेलको पहिलो हाफसम्म विश्व शान्ती डिफेण्डिङ्गका लागि र सुनौलो संगमले आत्मघाती गोलको रिर्टनव्याकका लागि निरन्तर फरवार्डिङ्गमा खेले पनि विश्व शान्तीको डिफेण्डिङ्गका अगाडी सुनौलोको फरवार्डिङ्ग प्रयास शुन्य सावित बन्यो।
मध्यान्तर पछि भने दुबै टिमले आपसी चुनौतीहरु झेल्नु परे पनि सुनौलो संगम गोल गर्नबाट चुक्यो। मध्यान्तर पछि शुरु भएको ७ मिनेटमै पुनः विश्वशान्तीका सन्दिप थारुले सुनौलो संग विरुद्ध गोल गरे पछि दर्शकहरुका लागि निरासा तर सुनौलो संगमका लागि गोल फर्काउनै पर्ने दवाव बढेर गयो। यता विश्वशान्ती भने २ गोल अन्तरले अग्रता कायम गरेपछि खेल समयलाई पार गर्ने तर डिफेण्डिङ्ग पोजिसनलाई जिवित राखेर मैदानमा उत्रियो।यसैगरी खेलको ५२ औं मिनेट अर्था मध्यान्तर पछिको १२ औं मिनेटमा विश्व शान्तीका मिलन क्षेत्रीबाट टिमका लागि तेश्रो गोल गरे पछि माघ १ गते विश्व शान्तीले देवदहसंग प्रतिस्पर्धा गर्ने निश्चित गर्न सफल भयो । यता सुनौलो संगमलाई भने पराजितताको मानसकिताबाट टाढा राख्न गोलका लागि पाएका हरेक मौका प्रहारहरुलाई सुनौलो संगमबाट सदुपयोग गर्ने प्रयास भएपनि सबै मौका गोलमा परिणत हुन सकेन। सुनौलोका लागि आजको खेल दुर्भाग्यको समय सावित भएको छ। सुनौलो गोल फर्काउने मौका पाए पनि सबै प्रहारहरु गोलपोष्टका पोलहरुमा ठोक्किएर विपक्षीकै खुट्टामा परेका थिए।
मध्यान्तर पछि विश्वशान्तीका खेलाडीहरु जसरी रक्षात्मक र आक्रमक रुपमा खेल प्रदर्शन गरे त्यसरी नै विश्वशान्तीले सफलता पाि प्राप्त गर्दै जाने क्रममा खेलको ७० औं मिनेटमा विश्वशान्तीका सञ्जु सेनले थप गोल गरी सुनौलो संगमका विरुद्ध विश्वशान्तीलाई ४० शुन्य गोल अन्तरले अग्रता संगै फाइनलमा प्रबेश गराउन सफल भए।शुक्रवार भएको खेलमा विश्व शान्तीका मिलन क्षेत्री म्यान अफ द म्याच भएका थिए। क्षेत्रीलाई कञ्चन गाउापालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री र जिल्ला खेलकुद बिकास समिति, रुपन्देहीका सदस्य राम बहादुर थापाले पुरस्कार तथा सम्मान गर्नु भएको थयो । रुद्रपुर युवा क्लव, कञ्चन ४, रुपन्देहीको पाचौं बर्षिक उत्सव तथा माघी पर्वको अवसरमा आयोजित प्रतियोगितामा हुने विजेता टिमले नथद १ लाख १ हजार १११ रुपैया सहित कप मेडल पाउने छन भने उपविजेता टिमले ५१ हजार १११ रुपैया सहित कप र मेडल पाउने छन। देवदह व्यायज र विश्व शान्ती बिचको फाइनल माघ १ गते १२ बजे हुने आयोजकले जनाएको छ।