कोभिडले विदेशमा रोजगारी गुमाए पछि- कृषिमा रमाउदै भविष्य बनाउदै पाण्डे

प्रकाशित मिति:

टिका खरेल-माघ , सैनामैना-सैनामैना नगरपालिका वार्ड नं ६ पटना निवाषी २३ बर्षे यूवा अरुण पाण्डे अहिले गाउमै कृषि गरेर प्रशस्तै आम्दानी गर्न थालेका छन ।पाण्डेलाई संयूक्त राष्ट्र संघिय बिकास कार्यक्रम UNDP ले सघाएको छ । उनले बनाएका बिभिन्न कृषि योनजालाई आर्थिक सहयोग ग्ल्म्ए ले उपलब्द गराएसंगै उनको जिवन शैली नै परिर्वतन भएको छ । हाल उनले आफ्नै करिब २ बिगाह जग्गा र १० कठ्ठा जग्गा भाडामा लिएर बिभिन्न प्रकारका तरकारी खेती गर्दै आएका छन ।

२०७५ सालमा बैदेशिक रोजगारमा गएका पाण्डे कोभिड १९ का कारण रोजगारी गुमाएर केही समयमा नै स्वदेश फर्केका थिए । सानै देखी कृषि पेशामा रुचि भएका पाण्डे फर्केसंगै कृषि गर्न थालेका हुन । UNDP ले उनलाई प्राबिधिक ज्ञान, कृषि सामाग्री र आर्थिक सहयोग समेत उपलब्द थियो ।पाण्डेले हाल आलु, काउली, बन्दा, खुर्शानी, टमाटर लगायतका बिभिन्न प्रकारका खेती गर्दै आएका छन । पहिलो बर्ष उनले करिब २ लाख र आर्को बर्ष ३ लाख आम्दानी गर्नु भएको थियो ।बिदेशबाट रोजगारी गुमाएर फर्कदा निरास र दुखी भएको थिए” पाण्डे बताउनु हुन्छ । यतै केही गर्नुपर्छ भन्ने लागेर कृषि गर्न थाले । UNDP ले प्राबिधिक ज्ञान, कृषि सामाग्री र आर्थिक सहयोग उपलब्द गराएसंगै धेरै सहज भएको र अहिले आम्दानी गर्न थालेको उहा बताउनु हुन्छ । लगनशीलता भई मेहिनेत गर्ने हो भने स्वदेश मै प्रशस्त आम्दानी गर्न सकिने सैनामैनाका कृषि शाखा प्रमुख सिर्जना सुबेदी खनाल बताउनु भयो । यसको जलन्त उदाहरण अरुण पाण्डेलाई लिन सकिने खनालले बताउनु भयो ।

गाउमै बसेर पनि जिवन सहजरुपमा बाच्न सकिन्छ भन्ने सिकाई पाण्डेबाट लिन सकिने स्थानिय शान्तराम भट्टाराई बताउनु हुन्छ । स्थानिय यूवाहरुका लागी उनी एक उदाहरणीय पात्र भएको र उनीबाट धेरै कुरा सिक्न जरुरी रहेको समेत भट्टाराई बताउनुहुन्छ ।पछिल्लो समयमा UNDP सैनामैनाका यूवाबर्ग र स्थानिय बिभिन्न सिपमुलक तालिम, प्राबिधिक ज्ञान र आर्थिक सहयोग उपलब्द गराउदा धेरै रोजगारीको सिर्जना भएसंगै स्थानियले आर्थिक उपार्जन गर्दै आएको स्थानिय कृष्ण घिमिरेले बताउनु भयो ।यूवाहरुलाई ज्ञान,सिप र प्रबिधि हस्तान्तरण गर्दै उनीहरुलाई स्वदेशमै आत्मानिर्भर गराउने उद्धेश्यका साथ बिभिन्न कार्यक्रम गर्दै आएको UNDP कार्यक्रम परियोजना संयोजक प्रदिपराज पाण्डेयले बताउनु भयो । यस कार्यक्रम पश्चात हालसम्म ४७५ जनाले बिभिन्न ब्यावसाय गर्दै आएको संयोजक पाण्डेयको दावी रहेको छ ।