नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले जवाफ दिने

११ पुष २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
22 Shares

File

पुस ११, काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका ४६ सदस्यले पार्टी र सरकार सञ्चालनबारे राखेका सुझावलाई समेटेर बुधबार बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिउत्तर दिने भएका छन् । गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ सदस्यले विचार राखेका छन् । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश गरिएका छन् ।
दुई अध्यक्षले प्रतिउत्तर दिएपछि ती राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्ने कार्यक्रम रहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।बैठकमा पार्टी र सरकारका कार्य सम्पादनका बारेमा नेताहरूले मिस्रित धारणा राख्नुभएको थियो । अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिएका नेता श्रेष्ठले जानकारी दिए । बैठकका क्रममा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गर्नुभएकामा उक्त प्रतिवेदनमा भएका सुझावलाई पार्टीको मूल्यवान् सम्पत्तिका रूपमा सुरक्षित गरिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सर्लाहीका एम्बुलेन्स चालकहरुलाई पिपिई वितरण ।
  • स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा पर्यो उजुरी
  • थापाको परिवारलाइ क्षतीपुती दिन तरुणदल बुटवलको माग
  • निजि बिद्यालय भन्छन –“सरकारको निणर्य कार्यन्वयनमा समस्या छ ।”
  • घरबहाल छुट दिन सरकारले गरेको अनुरोधको स्वागत
  • विपन्न परिवारलाई खाद्यान्न वितरण
  • कोरोनाकोषमा पूर्वराजा ज्ञानेन्द्र द्धारा दुई करोड सहयोग
  • पोर्चुगलमा संगै वस्ने ८ नेपाली कोरोना संक्रमित
  • कोरोना संक्रमणको उपचारमा आशाका किरण देखिए : डा. रवीन्द्र पाण्डेय
  • कोरोना अस्पतालको लापरवाहीले पतीको मुत्य भएको पत्नीको दावि , छानवीन नभएसम्म…