रहिनन् नेपाल आईडल सिजन २ का विजेता रविकी आमा

प्रकाशित मिति:

नेपाल आइडल रवि ओडकी आमाको मृत्यु भएको छ । बुधबार बिहान मोटरबाट पानी तान्ने क्रममा नेपाल आइडल सिजन टु का विजेता रविकी आमाको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान ७ बजेतिर पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षिया बिस्नालाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको सेती अञ्चल अस्पतालले जनाएको छ । रविलाई जन्मदिने आमाको भने यसअघि नै निधन भइसकेको छ । आमाको मृत्युको खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन् ।