नेपाल पत्रकार महासंघ रुपन्देही शाखा र सफल नेपाल ईन्भेष्टमेन्ट कम्पनी प्रालिको संयुक्त आयोजनामा रुपन्देहीमा एक दिने तालिम संचालन भएको छ । शेयर बजार सम्बन्धमा समाचार लेखनको भाषा, शब्दहरुको विषयमा जानकारी दिने लक्ष्यसहित रुपन्देहीमा पत्रकारहरुलाई शेयर तालिम दिईएको हो । कार्यक्रमको नेपाल पत्रकार महासंघ प्रदेशका उपाध्यक्ष भरत केसीले पत्रकारहरुमा विद्यागत पत्रकारीताको विकास जरुरी रहेको भन्दै तालिमबाट आर्थिक विषयमा कलम चलाउने पत्रकारहरुलाई सहयोग मिल्ने बताए ।तालिमको सहजीकरण गर्दै प्रशिक्षक सन्तोष राज बजगाईले शेयर, शेयरका प्रकारहरु, शेयर कारोबार, प्राथमिक र दोस्रो शेयर बजारहरु, सिमेट खाता, शेयर ब्रोकर, नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेप्से सुचकांक, पुजी बजारका विषयमा विस्तृत जानकारी दिएका थिए । पुजि बजार विकास र प्रर्वद्धनको अभियानमा शेयर लगानीकर्ताहरु लागेको सफल नेपालका कलम तिवारीले बताए । सर्वसाधारणमा शेयर जागरणको लागि अभिमुखिकरणमका कार्यmत्रम थालेको भन्दै प्रदेश नम्ब ५ मा नवलपरासी, कपिलबस्तु र रुपन्देहीमा तालिम आयोजना गरिएको बताए ।एक समारोहका बिच तालिममा सहभागि पत्रकारहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । सफल नेपालका कलम तिवारी, कार्यक्रम संयोजक तथा नेपाल पत्रकार महासंघका कोषध्यक्ष स्वस्तिक श्रेष्ठ, सचिव रामप्रसाद आचार्यले पत्रकारको हकहितसंगै क्षमता अभिवृद्धिमा निरन्तर लागिरहेको बताए । तालिममा रुपन्देहीका ३ दर्जन पत्रकारहरु सहभागि रहेका थिए ।