स्व कमलापति गंगादेवी पन्थ स्मृति प्रतिष्ठान सिद्धार्थनगरको प्रथम वार्षिकोत्सव सम्पन्न

प्रकाशित मिति:

स्व कमलापति गंगादेवी पन्थ स्मृति प्रतिष्ठान सिद्धार्थनगरको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष चुडामणी पन्थको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ८० वर्ष पुरा गरेका १४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।मानवीय सेवाको उद्देश्य लिएर स्थापना गरिएको प्रतिष्ठानले जेष्ठ नागरिकलाई सम्मान तथा विभिन्न संस्था तथा व्यतिmहरुलाई नगद समेत सहयोग गरेको प्रतिष्ठानका संरक्षक कलाधर पन्थले बताए । उनका अनुसार स्व बुवा आमाको स्मृतिमा स्थापना गरिएको उक्त प्रतिष्ठानले सोही अवसरमा लुम्बिनीमा रहेको बौद्धिक अपांगता डे केयर संस्थालाई नगद ५० हजार सहयोग गरेको छ ।

त्यस्तै रुपन्देहीको कोटिहवामा रहेको नेपाल अविनास अनाथ आश्रमलाई ५० हजार, सिद्धार्थनगर नगरपालिका–६ निवासी अपांगता भएकी १० वर्षिय बालिका अनुष्का रानाको पौष्टिक आहारका लागि २५ हजार रुपैंया सहयोग प्रदान गरेको संस्थाका संरक्षक गंगा पन्थले बताइन् ।कार्यक्रममा संस्थाका महासचिव यादव गैरेले प्रतिष्ठानको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष राज कुमार पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । धर्मगुरु व्यासाचार्य किशोर गौतमको प्रमुख आतिथ्यता, विदुषी यशोदादेवी कौडिन्यको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी बैकुण्ठ प्रसाद सापकोटा, सह–प्राध्यापक बालकृष्ण भट्टराई लगायतले संस्थाले गरेको कामका विषयमा प्रशंसा गरेका थिए ।प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष भिमराज अधिकारीको स्वागत तथा लुम्बिनी प्रेस क्लबका सचिव सम्झना शर्माको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा काली भक्ति गणका प्रमुख अर्जुन अधिकारी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक प्रेम शंकर चौधरी, नेपाल भारत मैत्री समाजका अध्यक्ष डा शान्त कुमार शर्मा, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।