शहिद स्मारकका छात्राहरुलाई आत्म रक्षात्मक तालिम

प्रकाशित मिति:

पछिल्लो समयमा महिला तथा बालिकाहरुमाथि हुने यौन हिंसा र दुरव्यवहारका घटनाहरु बढि रहेका बेला बुटवल चौराहास्थित सहिद स्मारक ईङ्गलिस वोर्डिङ्ग स्कुलले छात्राहरुलाई लक्षित गरी आत्मा रक्षात्मक तालिम सम्पन्न गरेको छ ।तालिममा छात्राहरुलाई आफूमाथि आइ लाग्ने विरुद्ध कसरी प्रतिवाद गर्ने,कस्तो अवस्थामा हिंसामा पर्न सकिन्छ, हिंसा कस कसले गर्न सक्छन् ? हिंसामा पर्ने अवस्थामा के गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । तालिमको सहजीकरण राष्ट्रिय खेलकुद परिषद महिला कराँतेका प्रमुख सन्जु महर्जन र प्राविधिक प्रमुख राधिका ऐर हमालले गरेका थिए ।विद्यालयका प्रधानध्यापक लिलाधर गौतमले यो तालिमले हिंसाको जोखिममा पर्न सक्ने छात्राहरुका लागि सुरक्षा कवजको रुपमा काम गर्ने भएकोले सहकार्य गरेर तालिमको आयोजना गरिएको बताए । उनले विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तरर्गत यस्ता खालका कार्यक्रमहरुलाई जोड्दै विद्यार्थीहरुलाई आफ्नो सुरक्षाको निम्त्ति आफै सुरक्षित गर्ने खालका तालिममहरुलाई बढाउँदै लैजाने बताए । कार्यक्रम संयोजक कराते प्रशिक्षक माधव प्रसाद घिमिरेले यो तालिमले छात्राहरुलाई आफुलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा केही भए पनि ज्ञान प्राप्त भएको बताए ।प्रशिक्षण कार्यक्रम राष्ट्रिय खेलकुद परिषद् र सहिद स्मारक इङ्गलिस वोर्डिङ्ग स्कुलको संयूक्त सहकार्यमा संचालन भएको तालिममा एक सय ५० जना छात्राहरुको सहभागिता रहेको थियो ।