राजपा नेपालको संयोजकमा शतिसकुमार सिंह चयन

प्रकाशित मिति:

राजविराज – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको जिल्ला अध्यक्ष मण्डल सप्तरीको संयोजकमा शतिसकुमार सिंह चयन भएका छन् ।अध्यक्ष मण्डलको जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा सम्पन्न बैठकले सिंहलाई चक्रीय प्रणालीअनुसार दुई महिनाका लागि अध्यक्षमा चयन गरेको संयोजक यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सिंह तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षसमेत हुन्। (रासस)