जिपी कोईराला फाउन्डेशनको कार्यालयमा अधिकारकर्मी डा.गोपालकृष्ण शिवाकोटीद्वारा भेटघाट एवं छलफल।

प्रकाशित मिति:

२७ फेब्रुवरी २०२३- न्युयोर्क,अमेरीका।लोकतन्त्र र मानवाधिकारवादी अभियन्ता डा.गोपालकृष्ण शिवाकोटीद्वारा आज गिरिजाप्रसाद कोईराला फाउन्डेशन अमेरीकाकोकार्यालय न्युयोर्कमा विशेष भेटघाट एवं छलफल सम्पन्न भयो। वहाँलाई फाउन्डेशन अमेरिका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामाले खादालगाई कार्यालयमा स्वागत गर्नुभएको थियो भने सो अवसरमा फाउन्डेशनका प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी रकार्यसमिति सदस्य सुर्य सिंखडाको उपस्थिति रहेको थियो।

भेटघाटको अवसरमा वहाँले नेपालमा हाल लोकतन्त्र र मानवाधिकारको अवस्था अत्यन्त जटील मोडबाट गुज्रीईरहेको, दलहरूको स्वार्थबाझीएको, राष्ट्रीयता अत्यन्त खतराको बिन्दुमा रहेको आफुले महसुस गरेको बताउनुभयो।वहाँले स्वर्गीय गिरिजावावुको राष्ट्रीयताकोविषयमा भएको चट्टानी अडानको कारणले तत्कालीन द्वन्दरत माओवादी पक्ष र राज्यपक्ष एवं दरवारबीच कुटनैतीक र दुरदर्शी ढंगलेव्यवस्थापन गरी बिना रक्तपात राजतन्त्र अन्त्य भै गणतन्त्र स्थापना भएको तर यस्को व्यवस्थापनमा नेतृत्वकर्तादल र तिनीहरूकानेताबीच विश्वासको संकट भएको औंल्याउनुभयो।देशले अहिले गिरीजावावुले स्थापित गराएको सहमती, सहकार्य र एकताको पथबाटअघिबढ्न नसक्दा गणतन्त्रनै धर्मराएको आफुले महशुस गरेको बताउनुभयो। देश कतै अफगानिस्तान वा श्रीलंकाझैं हुनेत हैन? भनीवहाँले चिन्ता जाहेर गर्नुभयो।

सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले फाउन्डेशनले नेपाल र अमेरीकामा गरेका सामाजिक एवं मानवीय गतिविधीहरूबारेप्रष्ट्याउँदै आफुहरूलाई प्रवासमा रहँदापनी नेपालकै चासो र चिन्ताले पिरलीरहेको र देश विकाशमा टेवादिन फाउन्डेशन लागीपर्नेमाजोडदिनुभयो। कार्यसमिति सदस्य सुर्य सिंखडाले डा शिवाकोटीको बिद्वता र अनुभवको देशले सही मुल्यांकनगरी लोकतन्त्र एवंमानवाधिकारको मजवुतीकरणमा लाग्नुपर्ने बताउनुभयो।स्मरण रहोस, डा शिवाकोटी एसिया प्यासाफिक शरणार्थी नेटवर्कका पुर्व अध्यक्ष,एसियन नेटवर्क फर फ्री ईलेक्सनका बरीष्ठअन्तर्राष्ट्रीय पर्यवेक्षक, ईन्हुरेड ईन्टरनेशनलका अध्यक्ष ,विभिन्न राष्ट्रहरूमा भिजिटिंग प्रोफेसर समेतको अनुभव सँगालीसक्नुभएका एकअन्तर्राष्ट्रीय अधिकारकर्मीको रूपमा समेत परिचित हुनुहुन्छ।

कार्यक्रमको अन्त्यमा फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले वहाँलाई व्यस्त समयको वावजुद कार्यालयसम्म आई आफ्ना भनाई रअनुभवहरू सुनाई देशलाई केहीगरौं भन्ने उर्जा जागरण गराउनुभएकोमा फाउन्डेशन परीवारको तर्फवाट धन्यवाद व्यक्त गर्नुभयो र आगामीदिनहरूमा वहाँजस्तो अनुभवी र क्षमतावान मानिसले फाउन्डेशनको नेपाल र अन्तर्राष्ट्रीय संजालसँग सहकार्य गर्दै अगाडी बढ्न आव्ह्वानसमेत गर्नुभयो।डा शिवाकोटी आजनै मानवाधिकार सम्बन्धी अन्तराष्ट्रीय पर्यवेक्षणमा भागलीन युरोपको जेनेभा प्रस्थान गर्नुभयो। फाउन्डेशन परीवारवहाँको सुखद र फलदायी यात्राको कामना गर्दछ।