उत्तर कोरियालाई रेलमार्गसँग जोडने योजनाको सुभारम्भ

प्रकाशित मिति:

सियोल– आधुनिक उत्तर कोरियालाई सडक तथा रेलमार्गसँग जोडने महत्वकांक्षी योजनाको सुभारम्भ समारोहमा दक्षिण कोरियाली अधिकारीहरु सहभागी भएका छन्। उक्त समारोह दुबै कोरियाली महाद्धीपबीच भएको संयुक्त नापजोखको एक साता पश्चात उत्तरकोरीयाको सीमावर्ती शहर केइसोङमा भएको हो र यसले उत्तर दक्षिण रेलमार्ग जोडने आशा गरिएको छ। यो महत्वकांक्षी योजनाले उत्तर कोरियाली नेता किम जोङ उन र स्वतन्त्र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनकाबीच शान्ति कायम राख्नुका साथै वासिङटन र प्याङयोङकाबीच ठूलो न्यूक्लियर सम्झौतामा समेत निकास पाउन सकिने जनाइएको छ। अमेरिकाले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध नहटाएसम्म यो महत्वकांक्षी योजना अगाडि बढ्न नसक्ने विश्लेषण समेत हुन थालेका छन्।  तेस्रो सम्मेलन चलिरहँदा मुनको अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता भएको थियो र त्यसपश्चात जूनमा किम जोङ उनले उत्तर कोरियालाई न्यूक्लियर निशस्त्रीकरण गर्ने भनेर हस्ताक्षर गरेका थिए तर कहिले र कसरी गर्ने भन्ने विषयमा भने स्पष्ट उल्लेख छैन्। त्यसपछि वासिङ्टन र प्योङ्गयाङ्गबीच महिनौ वितिसक्दा पनि कुराकानी हुन सकेको छैन तथा प्योङ्गयाङले चाहे जस्तै उत्तरमाथिको प्रतिबन्ध हटाउने र कोरियाले पनि न्यूक्लियर निशस्त्रीकरण गर्नुपर्नेछ।

उक्त समारोहमा दक्षिण कोरियाली अधिकारी, सांसद लगायत झन्डै १०० जना सहभागी भएका थिए। ती सबैलाई कोरियाको आन्तरिक मामिला हेर्ने समूहका प्रमुख रि सोन गाउनेले अभिनन्दन गरेका थिए। संयुक्त राष्ट्रसंघ एसिया प्रशान्तीय आर्थिक तथा समाजिक परिषद्का कार्यकारी सचिव अर्मिडा सलसिहस अलिसजभाना, र चीन, रसिया, मंगोलियाका उच्च अभिकारीहरुको समेत सहभागिता रहेको दक्षिण कोरियाली एकीकृत मन्त्रालयले जनाएको छ।  दक्षिण कोरियाली सरकारले विस्तृत खाका तयार पार्न पूर्व सडक तथा रेलमार्गमा फेरि सर्वे गर्ने योजना रहेको जनाएको छ। आधिकारिक रुपमा उक्त काम उत्तरको आणविक निशस्त्रीकरण र उसमाथि अमेरिकाले लगाएको प्रतिवन्धमा निर्भर गर्ने मन्त्रालयले जनाएको छ।  हामी विस्तृत रुपमा दुई कोरियाबीचको आपसी सहकार्यलाई नयाँ उचाईमा पुगाउँदै सडकमार्ग तथा रेलमार्ग मार्फत उत्तरलाई आधुनिकतामा लैजाने योजना रहेको मन्त्रालयका प्रवक्ता ईगेने ली ले बताए। यदि उत्तर कोरिया निशस्त्रीकरणका सम्बन्धमा कुनै ठोस निर्णयमा पुगेमा अमेरिकी प्रतिबन्ध फुकुवा हुनसक्ने र यसले उत्तर कोरियाली रेल सञ्जालमा विस्तारै ठूलो मात्रामा लगानी ल्याउन सकिने विज्ञहरुको दाबी रहेको छ।

सियोलका अनुसार प्रतिबन्ध फुकुवा प्रक्रिया अगाडि बढिसकेको र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधवारको समारोहमा दक्षिण कोरियाका यातायात, गाडी, बस्तु प्रयोग गरिएको जनाएको छ। दुई कोरियाले २००७ को डिसेम्बरमा माल ढुवानी सेवा दक्षिण कोरियाको मुन्सन स्टेशन पउजु र उत्तरको पनकुन स्टेशन जसले संयुक्त फ्याक्ट्री कइसोङलाई सहयोग पुग्ने छ। दक्षिणले रेललाई  निर्माण सामग्री उत्तर र त्यहाँबाट कपडा तथा जुत्ता दक्षिणतिर ढुवानी हुनेछन्। यो लाइन नोभेम्बर २००८ मा उत्तर कोरियाको राजनीतिक अस्थिरता र न्युक्लियर तर्फको महत्वकांक्षाले हटाइएको थियो।  फेब्रअरी २०१६ मा उत्तर कोरियाले लामो दुरीको क्षेत्रास्त्र परीक्षण गरेपश्चात दक्षिणको परम्परागत सरकारले कइसोङ्ग फ्याक्ट्री बन्द गरेको थियो। एपी