चितुवाको आक्रमणबाट एक महिला घाइते

११ पुष २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
22 Shares

File Image

बैतडी – बैतडीको तल्लो स्वराडमा चितुवाको आक्रमणबाट बुधबार एक महिला घाइते भएकी छन् । घाइते हुनेमा शिवनाथ गाउँपालिका ६ ओखेडानीकी ४८ वर्षीया हिउकला धनाडी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख ग्रिन्द्रबहादुर बोगटीले जानकारी दिनुभयो । बुधबार दिउँसो ओल्या ओखेडानीमा बनको आखेडानी खोलामा घाँसदाउरा काट्न गएका बेला धनाडीलाई चितुवाले आक्रमण गरेको हो । घाइते धनाडीको मुखमा, दाँया–बाँया कुममा घाउ रहेको र धनाडीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । चितुवाले २०६८ साल यता तल्लो स्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रशासनले धेरैपटक चितुवा मार्नका लागि तल्लो स्वराडमा प्रहरी र वन रक्षकको टोली पठाएको भए पनि चितुवा फेला पार्न नसकी फर्किने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको तिनाउ हस्पिटलमा पाईप घुसाएर पत्थरी फोर्ने ‘रेट्रोग्रेट ईन्ट्रासेल सर्जरी’
  • लुुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायीको संगठन विस्तार
  • ‘इनफ इज इअफ’अभियानमा सांसद शाहसहित १४ जनाले जनाए ऐक्यबद्धता
  • नेविसङ्घको सङ्गठन विस्तार खोजेका देउवालाई प्रतिप्रश्न: ‘अपूरो र बबुरो’ किन…
  • मास्क नलगाई घरबाहिर निस्किनेलाई कारवाही गरीने ।
  • कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप
  • मनकारी झविन्द्र :आफ्नो जन्मदिनमा अवसरमा विपन्न परिवारलाई सहयोग
  • आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
  • भैरहवा भन्सार कार्यालय रुपन्देहीमा लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेन
  • आजको राशिफल हेर्नुहोस