सबै ठीक भयो भन्दै जनता झुक्याउने काम सरकारले गरिरहेको बाबुराम भट्टराईको टिप्पणी

११ पुष २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
29 Shares


काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले वर्तमान सरकार जनअपेक्षाका न्यूनतम सेवा सुविधा पनि दिलाउन नसक्ने तर सबै ठीक भयो भन्दै जनता झुक्याउने काम गरिरहेको टिप्पणी गरेका छन्। आजदेखि सुरु भएको संसदको अधिवेशनलाई संबोधन गर्दै डां भट्टराईले वर्तमान सरकारमा रहेका नेताहरु भ्रम छर्न व्याप्त रहेको आरोप लगाए। जनतालाई हेर्ने नेताका चश्मा फेरिए की उनले भने आफू चिल्ला गाडी चढने अनि सबै ठिक छ भन्ने सबै हासीखुसी देख्ने के सबै जनता हासीखुसी छन्? डा. भट्टराईले आफू जनसमक्ष भेटघाटमा जाँदा स्थिर सरकारको कुनै प्रभावको अनुभूति नगरेको पाएको बताए। सत्ता पक्षले संसदमा कुरा गर्दा देशलाई सुनको लंका बनाए जस्तो अभिव्यक्ति दिने तर प्रतिपक्षले पूरै खत्तम भन्ने अवस्था रहेको भन्दै संसदमा यथार्थ बोल्न आग्रह गरे।

जनप्रतिनिधिमाथि भ्रष्टाचार र अनियमितताका आरोप लागिरहेको भन्दै जनतामा सुशासनको अनुभूति नभएको टिप्पणी गरे। उनले सरकारले निर्मला पन्त हत्या प्रकरण जस्तो संवेदनशील घटनामा सरकारको असफलताले लज्जित बनाएको बताए। उनले भने घटना अनुसन्धान गर्ने प्रहरीले प्रमाण मेटाएको देख्दादेख्दै उनीहरुबाटै अनुसन्धान गर्नुपर्ने सुझाव दिए। ‘त्यस्ता प्रहरीलाई केरकार गरेर पनि सत्य पत्ता लगाउन पनि नसक्ने अनि प्रतीपक्षी विरोधीले घटना उचाले भन्ने? भट्टराईले प्रश्न गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस