प्रविधिमा पहुँच विस्तारसँगै सही प्रयोग गर्न सके दिवशले सार्थकता पाउने

प्रकाशित मिति:

रीमा बि.सी. बुटवल,फागुन  गते । प्रविधिमा पहुँच विस्तारसँगै सही प्रयोग गर्न सके अन्तराष्ट्रिय श्रमिक महिला दिवशले सार्थकता पाउने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश, शिक्षाका लागि साझा अभयिान नेपाल, इन्सेक रुपन्देही, इन्द्रेणी ग्रामिण विकास केन्द्र नेपाल लगायतका सघ संस्थाहरूको आयोजनामा फागुन २८ गते लैङ्गिक समानताको बलियो आधार सिजनात्मक प्रविधिमा महिलाको पहुँच बिस्तार भन्ने मुल नाराका साथ आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज गोविन्द प्रसाद रेग्मीले प्रविधिमा पहुँच विस्तारसँगै सही प्रयोग गर्न सके दिवशले सार्थकता पाउने भन्दै संविधानले प्रदत्त अधिकार कार्यान्वयन हुन सके लैंगिक बिभेद नहुने भन्दै श्रमिक महिला दिवशको इतिहास र अभियानको उद्देश्यका विषयमा बताउनुभयो । रेग्मीले महिलाहरुले यो अवस्थामा आइपुग्नका लागि धेरै संघर्ष गरेका कारण यो अवस्था आएको बताउदै आफ्नो हक अधिकार लिनका लागि आफै सक्रिय हुन महिलाहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता गौमती सुनारले महिलालाई प्रविधिमा पहँुच पुगेको कारण सूचनामा पहुँच बढेको र कतिपय प्रविधिको सही सदुपयोग नभएका कारण पारिवारीक विखण्डन र सम्बन्ध विच्छेदका घटनाहरु बढेको बताउदै प्रविधिलाई सही तरीकाले प्रयोग गर्न सचेतना अभिबृद्धिका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

अधिवक्ता सुनारले प्रविधिको पहुँचको कुरा गर्ने शहरका महिलाको तुलनामा ग्रामिण क्षेत्रका महिलाहरुको पहुँच पुग्न नसकेकोले सो विषयमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।कार्यक्रममा गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जीत कुमारी बेल्बासेलेकार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुपन्देहीका जिल्ला प्रतिनिधि रीमा बि.सी.ले अन्तराष्ट्रिय श्रमिक महिला दिवशमा महिलाहरुले वर्षभरी गरेका कामको समिक्षा गर्ने उत्सवका रुपमा मनाउदै महिलाहरूले प्राप्त गरेको पदिय दायित्व, काम, कर्तब्य, अधिकारको पालना गरी आफूलाई अपडेट गर्दे विभेद विरुद्ध प्रतिवाद गरि अगाडी बढन सके महिलाहरु अधिकारबाट वञ्चित हुन नपर्ने बताउनुभयो । उहाँ सरकारले तीन तहका सरकारले महिलामैत्री कानून निर्माण गरी महिला भित्रको विविधतालाई ख्याल गरी राज्यका हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिताका लागि नीति, योजना, कार्यक्रम र बजेट तर्जुमा गर्नपर्ने र महिलाहरुले पनि अधिकार र कर्तव्यलाई सँगसँगै पालना गरेर अगाडी बढ्का लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा अभियान्ता दिनेश क्षेत्रीले महिलालाई प्रविधिसँगै उद्यमशिलतामा जोडेर अगाडी बढन सके महिलाहरु आत्मा निर्भर बन्ने भन्दै सरकारले सो विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारकर्मी विनोद विसीले महिला अधिकारको कुरा गर्दा महिला भित्रको पनि विविधता र तेस्रो लिङ्गी पुरुषसँग जीवन विताउने महिलाहरुका सवाललाई पनि उठान गर्न आग्रह गर्नुभपयो ।कार्यक्रममा पत्रकार अस्मिना पाण्डेले महिलाको ८ घण्टा काम, ८ घण्टा आराम र समान पारिश्रमीकका सवालमा आवाज उठान गरिएको दिवशले महिलाको प्रविधिमा पहँुच छ की छैन, सदुपयोग भयो की भएन् सो विषयमा पनि सचेत गराउनुपर्ने बताउनुभयो ।
पत्रकार अम्बिका परियारले सूचनाको पहुँचमा पुगेका महिलाहरुमध्ये ४ हजार भन्दा बढी महिलाहरु प्रविधिको हिंसामा परियो भन्दै न्यायका लागि प्रहरी कहाँ पुगेको बताउदै प्रविधिका कारण कसैले पीडा खेप्न नपरोस भन्ने विषयमा सरकारले सोच्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अधिकारकर्मी विष्णु घिमिरे समाजसेवी बालकुमारी अर्याल, मिनु पुन, पत्रकार माया केसी लगायतले महिला अधिकारको सवालमा विभिन्न कानून निर्माण भएपनि कानूनको कार्यान्वयन नहुँदा समस्या भएको भन्दै कानूनको कार्यान्वयनका निम्ति जोड दिन सरकारलाई आग्रह गर्नुभयो ।