दिपक न्यौपाने , बुटवल चैत्र । बुटवलमा सन्चालीत २२ औ तिलोत्तमा गोल्डकप फुटबल प्रतीयोगीतामा काठमाण्डौको ए डिभिजन क्लब फ्रेन्डसले बिभागीय टोली एपिएफलाइ पराजीत गरेको छ । पहिलो हाफ गोलरहित बराबरी भएपनी दोस्रो हाफमा २ गोल गर्दै एपिएफलाइ २ –१ गोल अन्तरले पराजीत गरी सेमिफाइनलमा प्रवेश गरेको हो । अब फेन्ड्रसले मंगलबार हुने मनाङ मस्याङदी र नेपाल पुलिस क्लबको बिजेतासग प्रतीस्पर्धा गर्ने छ । २०५८ सालमा फेन्ड्रस क्लबले १५ औ संस्करणको प्रतीयोगीता उचालेयता सेमिफाइनलको यात्रा तय गर्न सकेको छैन । एफिएफलाइ हराएसगै २१ बर्षपछी फेन्ड्रस तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबारको शितल मौसममा दुबै टिमका खेलाडीहरु खुलेर खेल्न भने सकेनन । फेन्ड्रसका उत्तम राइले ५ औ मिनेटमा सुन्दर मौका खेर फाले भने स्टाइकर अमिनोले पनी डिबक्स एरिया नजिकैबाट हानेको प्रहार फितलो रह्यो । पहिलो हाफको अन्तिम समयमा एपिएफका प्रबिन स्याङतानले हानेको प्रहार गोलरक्षक बिशाल सुनारले सहजै बचाइदिए । दोस्रो हाफमा भने सुधारीएको खेल खेलेको फेन्ड्सका लागी कप्तान समेत रहेका गृहजिल्लाका खेलाडी डोना थापाले सहजै गोल गरे ।
पहिलो गोलपछी झनै धर्मराएको एपिएफले कुनै मौका नै बनाउन सकेन । सबसिच्युटका रुपमा मैदान झिरेका एरोन थापाको सुन्दर पासमा राफियो एमोनीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा एपिएफका प्रबिन स्याङतानले हेडरमार्फत गोल फर्काएपनी त्यो जितका लागी पर्याप्त भएन । खेलमा फेन्ड्सका राफियो एमोनी म्यान अफ दी म्याच घोषीत भए । प्रतीयोगीता अन्र्तरगत मंगलबार ४ पटक गोल्डकपको उपाधी उचालेको नेपाल पुलिसले अहिलेसम्म तिलोत्तमा गोल्डकपको उपाधी उचाल्न नसकेको चर्चित क्लब मनाङ मस्र्याङ्दीसग प्रतीस्पर्धा गर्ने जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष लोक पुनले जानकारी दिए । खेलपछी आयोजीत पोस्टम्याच कन्फ्रेन्समा एपिएफका कोच सुदिप श्रेष्ठले जुनियर र सिनियर खेलाडीको तालमेल मिल्न नसक्दा हारेको प्रतिक्रिया दिए भने फेन्ड्रसका कोच उर्जन श्रेष्ठले लामो यात्राको थकानका बिचमा पनी खेलाडीहरुले यत्तिको खेल प्रर्दशन गर्नु राम्रो भएको भन्दै अबको ध्यान सेमिफाइनलमा केन्द्रित हुने जनाए । बुटवल उपमहानगरपालीकाको संरक्षकत्वमा २०३१ सालमा शुरु भएर २०३३ सालदेखी सन्चालनमा आएको प्रतीयोगीतामा दिनप्रतिदिन दर्शकहरुको सङख्या पनी बढीरहेको छ । प्रतीयोगीतामा बिजेता टोलीले ११ लाख ११ हजार १ सय ११ पाउनेछन भने उपबिजेता टोलीले ५ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन । यस्तै बिधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाइ जनही ३० हजार तथा सर्वोउत्कृष्ट हुने खेलाडीलाइ एक थान मोटरसाइकल प्रदान गरिने जिल्ला फुटबल सघं रुपन्देहीका उपाध्यक्ष बुद्धि गुरुङले जानकारी दिए । प्रतीयोगीतामा रुपन्देही ११ र सुदुरपश्चिम ११सगै मनाङ मस्र्याङ््दी क्लब,थ्रिस्टार ,नेपाल पुलिस, एपिएफ,हिमालयन शेर्पा, फेन्ड्स क्लब काठमाण्डौ गरी ८ टोलीको सहभागीता रहेको छ ।
९३ बर्षीय भक्ति थापाले स्टेडियमबाटै हुटिङ गरेपछी ……… तिलोत्तमा गोल्डकप फुटबल प्रतीयोगीताको रौनक थपिदै जादा दर्शकहरुको उपस्थिती पनी बाक्लो हुदै छ । सोमबार एन्फा टेक्निकल सेन्टर देबिनगरको स्टेडीयमा भने निकै रोचक र फरक दृश्य देखियो । ९३ बर्षीय भक्ति थापा आफ्ना नातीहरु डोना थापा र एरोन थापाको खेल हेर्न र हौसला प्रदान गर्न स्टेडीयममै पुगेकी थिइन । घरमै बसेर आराम गर्नुपर्ने यो उमेरमा पनी निकै जोश र जागरका साथ फेन्ड्स क्लबमा आबद्ध भएका नातीहरुलाइ सपोर्ट गर्दै हुटिङ गरेको दृश्य खुबै लोभलाग्दो थियो । अझ फेन्ड्रसको तर्फबाट नाती डोना थापाले पहिलो गोल गरेपछी भने उनी सकि नसकी उभिएर ताली बजाइरहीन । रुपन्देही सैनामैना निवासी थापाको परीवारनै फृुटबलमा समर्पित रहेको छ । म सानैदेखी फुटबललाइ माया गर्ने मान्छे हु, मेरो छोरा एन्ड्रु थापा पनी पहिलेको चर्चित फुटबल खेलाडी हो , नातीहरुको टिमको बिजयपछी भक्ति थापाले भनिन – खेलकुदको बिकासका लागी स्थानीयस्तरमा भएका यती ठुला ठुला प्रतीयोगीतामा लोकल खेलाडीहरुलाइ पनी समाबेश गरिनुपर्छ । ”