अनुसन्धनात्मक शिक्षाले विकासमा टेवा पुग्ने मन्त्रि बरालको भनाई

प्रकाशित मिति:

प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले अनुसन्धानमुलक शिक्षामा अहम भुमिका खेलेको बताएका छन् । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानको वार्षिक उत्सव समारोहमा बोल्दै प्रमुख अतिथि बरालले प्रदेश ५ मा अनुसन्धानमुलक शिक्षाको अभाव भएकोले प्रतिष्ठानले गरेका कार्यले प्रदेशको विकासमा टेवा पुग्ने हुनाले प्रदेश सरकार सहयोग गर्न पुर्ण प्रतिबद्ध रहेको जानकारी बताए । उनले राष्ट्रको विकासको लागी अनुसन्धानमुलक तथ्यांकले अहम भुमिका खेल्ने हुनाले प्रतिष्ठानले प्रदेश नम्बर ५ को विकासमा ठुलो सहयोग गर्न सक्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले प्रतिमान–नीमा स्मृति प्रतिष्ठान जस्ता संस्थाहरु नगरपालिकाको गहना र समग्र ठाउँ र देशका संरचना भएकोले नगरपालिका संस्थासंग मिलेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । संस्थाका कार्यकारी निर्देशक स्वाती थापाले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले खास गरी तीन वटा अवधारण बोकेर काम गर्दै आएको बताइन् । जसमध्ये शैक्षिक, अनुसन्धान र सामुदायिक क्रियाकलाप रहेको उनले जानकारी थिइन् । थापाका अनुसार प्रतिष्ठानले अमेरिकाको द युनिभर्सिटी अफ न्यू मेक्सिको, नेपाल स्टडी सेन्टर सस्टेनेबल डेभलपमेन्ट ल्याबसंग मिलेर हिमालय स्टडी अब्रड कार्यक्रमको आयोजना गरी वातावरण, स्वास्थ्य र सरसफाइको क्षेत्रमा विगत दुइ वर्ष देखि काम गर्दै आइरहेको छ । उनका अनुसार यस वर्ष अमेरिकाको द युनिभर्सिटी अफ न्यू मेक्सिकोमा अध्ययनरत विद्यार्थीहरु अध्ययन अवलोकनको सिलसिलामा डिसेम्बर १८ देखि यस संस्थासंग आबद्ध भएर वातावरणको क्षेत्रमा ‘परपल एअर’, प्रदूषणमापन यन्त्र सिद्धार्थनगर नगरपालिका भित्र साई ग्लोबल कलेज सि.न.पा.–८, रोहिणी गाउँपालिका वडा नम्बर–३ मा रहेको रामनरेश यादव आदर्श मा.वि. र प्रतिमान–नीमा कलेज सि.न.पा.–३ मा जडान गरिएको छ । कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा कार्यक्रम संयोजक प्रकाश रायमाझीलाई सम्मान गरिएको थियो ।