उपभोक्ता समितिका प्रतिनिधिहरुलाई सचेतना कार्यक्रम

१२ पुष २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
0 Shares


पंक्षी संरक्षण संघ गुल्मीले जिल्लामा स्थानीय स्तरमा आधारित अनुगमन प्रणाली मार्फत वन उपभोक्ता समितिका प्रतिनिधिहरुलाई सचेतना कार्यक्रम शुरु गरेको छ । संघले जिल्लाको मालिका गाउँपालीका अन्र्तगत अर्खावाङ्ग र ह्वाङदीका सातवटा सामुदायीक वनका प्रतिनिधहरुलाई सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा सामुदायीक वनको अनुगमन र मूल्यांकन गर्ने विधि र प्रकृयाको वारेमा जानकारी गराएको छ । सामुदायीक वनका उपभोक्ताहरुले स्थानीय स्रोत र साधन प्रयोगगरि आफ्नो क्षेत्र अन्र्तगत रहेका सामुदायीक वनहरुको अनुगमन तथा मूल्यांकन गर्न आफै सक्षम बन्न सकुन भन्ने उद्देश्यले उक्त सचेतामूलक कार्यमको आयोजना गरिएको बताईएको छ । कार्यक्रममा पंक्षी संरक्षण संघ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले स्थानीय स्रोत र साधनको प्रयोगगरि वन अनुगमन गर्ने विधिको बारेमा उपभोक्ताहरुलाई जानकारी गराएको बताए।
कार्यक्रमा डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत सुरेश कुमार भुजेलले वनको विद्यमान वन अनुगमन प्रणालीको वारेमा जानकारी प्रदान गर्नुका साथै समूहमा आर्थिक पारदर्शिता र सुशासन कायमगरि वन संरक्षणमा कसरी टेवा पुराउन सकिन्छ भन्ने वारेमा उपभोक्ताहरुलाई सहजीकरण गरेका थिए ।
कार्यक्रममा सामुदायीक वन उपभोक्ता समितिका प्रतिनिधिहरुले आआफ्नो क्षेत्रमा रहेका सामुदायीक वन भित्र रहेका महत्वपूर्ण जडिवुटी तथा रुख विरुवा, जंगली जनावर एवं पंक्षीहरुको कसरी अनुगमन र गणना गर्ने भन्ने बारेमा सिकाई थप उपलब्धिमूलक बनेको बताए।  सन २०१५ देखि गुल्मीको रेसुंगा, वलीथुम, पराल्मी र जुभुङ्गमा संभावित महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा काम गर्दै आईरहेको पंक्षी संरक्षण संघले डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरि चरा र जैविक विविधता संरक्षण क्षेत्रमा काम गर्दै आईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस