अर्घाखांचीमा सुन्ताला उत्पादन वृद्धि

१२ पुष २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
6 Shares


अर्घाखांची जिल्लामा यस वर्ष करिव २५ करोडको सुन्तला उत्पादन हुने जिल्ला कृषि ज्ञान केन्द्र अर्घाखाची जनाएको छ । सुन्ताल, मौषम, किन्नु सुन्तला जातको फलफुल गत वर्ष २० करोड ५० लाखको सुन्तला उत्पादन भएकोमा यस वर्ष झण्डै ५ करोडले उत्पादनमा वृद्धि हुने कार्यालयको अनुमान रहेको छ । जिल्लामा उत्पादित सुन्तला २० प्रतिशत जिल्लामै खपत हुने गरेको छ । जिल्लामा उत्पादन हुने सुन्तला मध्ये ५ करोडको सुन्तला जिल्लामै खपत हुने र २० करोडको सुन्तला जिल्ला बाहिर निर्यात हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा १२ सय हेक्टर क्षेत्रफलमा सुन्तला जातको फलफुल खेती गरिएको र जस्मा ८४ सय मेट्रिक सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । जस्मा ८ सय हेक्टरमा सुन्तला र ४ सय हेक्टरमा मौषम, किन्नु, लगायतका फलफुल उत्पादन भएको छ ।

यो वर्ष मौसम राम्रो परेकाले सुन्तला उत्पादनमा करिव २० प्रतिशतले वृद्धि भएको छ। सुन्तला विक्री गर्नकालागि कृषकहरुलाइ कुनै समस्या छैन । अहिले बुटबल, पाल्पाका व्यपारीहरुले घरमै आएर बोटबाटै सुन्तला खरिद गर्ने गरेका छन । रुखबाटै सुन्तला विक्री हुन्छ कुनै समस्या छैन ।पणेनामा मात्र वार्षिक रुपमा करिव दुई करोडको सुन्तला उत्पादन हुन्छ । पणेनामा व्यवसायीक रुपमा खेती नगर्नेहरुले पनि वार्षिक ६० हजार देखि १ लाख सम्मको आम्दानी गर्ने गरेका छन । पणेना सगै पटौटी, खिदीम अर्घातोष, भगवती मरेङ, हंसपुर, ढिकुरा खा“चीकोटमा सुन्तला खेतीको पकेट क्षेत्र हुन । कृषकहरु विरुवा उत्पादन गरेर पनि राम्रो आम्दानीमा लागेको छन् । अन्य गाविसमा पनि केहि कृषकहरुले व्यवसायीक रुपमा खेती गर्न थालेका छन् । उत्पादित सुन्तलाले सो“चे भन्दा पनि राम्रो बजार पाउ“न थालेपछि यो खेती तर्फ कृषहरुको मोह वढन गएको हो । वुटवल बाहेक कपिलवस्तु, पाल्पा गुल्मी र भारतका केहि ठाउ“मा पनि यहा“को सुन्तला निर्यात हुने गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया