अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकसँग क्रिसमस मनाए

प्रकाशित मिति:

काठमाडौं । क्रिसमस मनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इराक गएका छन् । उनले इराकमा रहेका अमेरिकी सैनिकसँग क्रिसमस मनाए । अचानक इराक पुगेका ट्रम्पसंग प्रथम महिला मेलानिया ट्रम्प पनि साथमा थिइन् । ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प क्रिसमसको दिन अबेर साँझ इराक पुगेका थिए । इराकमा कार्यरत सैनिकले गरेको सेवा, सफलता र बलिदानको लागि धन्यबाद दिन ट्रम्प गएको ह्वाइट हाउसले जनाएको छ । उनले इराकबाट अमेरिकी सैनिक हटाउने कुनै योजना नभएको बताएका थिए ।