आगलागि पिडितको लागि नेबिसंघको राहत अभियान |

प्रकाशित मिति:

नेपाल विद्यार्थीसंघ कालिकोट सुर्खेत सम्पर्क समितिले कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा बस्तीमा आर्इतबार मध्य रातिमा भएको आगलागि पिडितको लागि राहत संकलन अभियान सुरु गरेको छ । नेपाल विद्यार्थी संग कालिकोट( सुर्खेत सम्पर्क समितिका अध्यक्ष सुरेन्द्र काफ्लेको अध्यक्षतामा सुरु भएको अभियानले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा राहत संकलन गरेको छ ।

दुईदिने राहत संकलन अभियानमा पहिलो दिन २३ हजार ३ सय ४६ रुकम संकलन भएको नेपाल विद्यार्थी संघ कालिकोट( सुर्खेत सम्पर्क समितिका सचिव तेजबहादुर बमले बताए । संकलन कार्यक्रममा नेबिसंघका नेता पिताम्बर ढकाल, नेबिसंघ सुर्खेत क्याम्पस शिक्षाका चित्र गिरि, हरिस खनाल, मिलन बिसी, तिर्थ बुढ, नवीन टमटा तथा मनि चन्द्र अधिकारी लगायत अन्य बिध्यार्थीहरुको सहभागिता रहेको थियो ।