लिटरेचर फेस्टिवलमा फेवाताल वरपरका रुख काटिएको भन्दै जरीवाना

प्रकाशित मिति:

काठमाडौं – आइएमई नेपाल लिटरेचर फेस्टिवलमा फेवाताल वरपरका रुख काटिएको भन्दै आयोजकले जरिवाना तिर्नु परेको छ। पोखराको फेवा किनारमा शनिवार देखि चार दिन चलेको फेस्टिवलमा त्यस वरपरका रुखका हाँगा सम्वन्धित निकायको अनुमति विना आयोजकले काटेका थिए। सौन्दर्य विग्रने गरी रुख काटिए पनि पोखरा महानगरपालिका ६ नम्वर वडा कार्यालयमा उजुरी परेको थियो। बाराही घाट नजिकको चौरमा भएको कार्यक्रममा मञ्च बनाउने क्रममा त्यहाँ वरपर रोपिएका फूल तथा रुखका हाँगा काटिएको थियो। नगरपालिका भित्रका रुख कटान गर्दा नगरपालिकाको अनुमति लिनु पर्ने हुन्छ।

वातावरण नविग्रने देखिएमा नगरपालिकाले रुख काट्न अनुमति दिने गर्छ। तर आयोजक संस्था बुकवर्म फाउण्डेसनले अनुमति विनै रुख काटेपछि नागरिक अगुवा वडा कार्यालय पुगेका थिए। नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले रुख काटिएको विषयमा लिखित उजुरी दिएका थिए। उनको उजुरी पछि नागरपालिकाले कारबाही अघि बढाएको थियो। पोखरा महानगरपालिका वडा नम्वर ६ ले बुकवर्मलाई १० हजार क्षतिपुर्ती तिराएको छ। तालको सिन खुल्ला गराउने भन्ने कुरामा भुलवस किनारको रुखहरु काटिन गएकोले उक्त संस्थाबाट १० हजरा क्षतिपुर्ती वापतको रकम प्राप्त गरेको ६ नम्बर वडा अध्यक्ष जगतबहादुर पाहारिले गरेको भरपाइमा उल्लेख छ। आयोजकले रुखका हाँगाहरु काटेर तालवरपर नै छोडेका थिए। नागरिक अगुवाले रुखका हाँगा निर्मम तरिकाबाट काटिएको भन्दै उजुरी गरेका थिए। फेवाताल वरपरका रुखका हाँगाविगा अनुमति विनै काटिएकोले आयोजकलाई सचेत गराउन जरिवाना गरिएको ६ नम्वर वडाअध्यक्ष जगतबहादुर पाहारीले बताए। ‘उहाँहरु (वुकवर्म) ले करिव २४ वटा रुखमा कटान गर्नुभएछ। सचेत गराउन जरिवाना गरेका छौं पहारिले भने रुख हुर्काउन र बढाउन समय लाग्छ यस्तो काम अरुले पनि नगरुन्। आइएमई पोखरा लिटरेचर फेस्टिवलमा साहित्य, राजनीति, कला, विकास तथा विभिन्न वौद्धिक विषयमा फेवा किनारमा वहस भएको थियो।

चर्चित लेखक, पत्रकार, कलाकार तथा नेताहरु बहसमा सभागि हुन पोखरा पुगेका थिए। फेवाताललाई पृष्ठभूमी पारेर तयार गरिएको मञ्चमा बसेर बौद्धिक विषयमा गरमागर बहस भए पनि आयोजकले त्यसको पर्यावरको भने ख्याल गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ। फेवातालको सिन छेकिएको भन्दै रुख काटिएको थियो। त्यसलाई व्यंग गर्दै ट्वीटरमा माइला साउ तस्बिर सहित ट्वीट गर्छन्, ‘गाईघाटको भ्यू छेक्ने १०/१५ ओटा सालको रुख काटिदिम की क्या हो ? निराकार राजभण्डारीले ट्वीटमा लेखेका छन्, ‘ दुईटा कुरा: १) भूलवस २) १०,०००/- जरिवाना होइन कसले निर्धारण गर्छ यो नियोजित हो की भूलवस भनेर, अनि त्यो जरिवानाको रकम? ‘ पत्रकार गजेन्द्र बुढाथोकीले जरिवाना रकम तिरेको भरपाई सहित ट्वीट गरेका छन् समाचार नबनेको समाचारः नेपाल लिच फेस्टिभलले फेवा किनारको रुख काटेछ। ‘