अफगानिस्तानको राष्ट्रपतीय निर्वाचन तीन महिना पछि

प्रकाशित मिति:

एजेन्सी \अफगानिस्तानमा सन् २०१९ को अप्रिलका लागि तय गरिएको राष्ट्रपतीय निर्वाचन तीन महिनाका लागि सारिएको छ । निर्वाचन आगामी अगष्टमा गर्ने राष्ट्रिय निर्वाचन आयोगले घोषणा गरेको छ । सम्भावित उम्मेदवारले योग्यता पुर्‍याउन नसक्नु तथा मौसमका कारण समेत निर्वाचन अप्रिलबाट अगष्टमा सारिएको आयोगले दाबी गरेको छ ।

गत अक्टोबरमा भएको संसदीय निर्वाचनमा देखिएका त्रुिट तथा ईस्लामिक समुहको बाधाका कारण यस पटक पर्याप्त तयारीका लागि थप समय आवश्यक रहेको अफगान निर्वाचन आयोगले स्पष्ट पारेको छ । अमेरिकाले आफ्ना हजारौंको संख्यामा तैनाथ सेना फिर्ताको निर्णय गरेको केही दिनमा नै निर्वाचन सारिएको हो । ७ हजार सैन्य दल फिर्ता गर्ने निर्णय भएको छ । सेना फिर्ताको निर्णय पछि अफगान राजधानी काबुलमा भएको विष्फोटमा परी ४३ जनाको मृत्यु भएको छ । संसदीय निर्वाचनका क्रममा भएको हिंसामा परी १० उम्मेदवारको मृत्यु भएको थियो ।