शुभागमन साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न

प्रकाशित मिति:

बुटवल  / शुभागमन बचत तथा ऋण सहकारी सस्था लि बुटवल ११ कालिकानगरले एक दिवसीय नि स्शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ

शेयर सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै श्री शुभागमन साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत भीम अस्पताल भैरहवा, रुपन्देहीका मे।सु।वरिष्ठ स्त्री रोग विशेषज्ञ डा।शकुन्तला गुप्ताको परामर्श र विपश्यना फार्मेसी तथा सेन्ट्रल ल्याब, बुटवलको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

 

श्री शुभागमन साकोसको स्वास्थ्य उप-समितिको पहलमा सम्पन्न उक्त शिविर श्री शुभागमन साकोसका अध्यक्ष श्री हरिप्रसाद पौडेलको अध्यक्षता, सचिव श्री बिष्णुप्रसाद भण्डारीको सञ्चालन र स्वास्थ्य उप समिति संयोजक श्री सन्तोष नाउँको स्वागत मन्तव्य रहेको थियो । संस्थाका संस्थापक अध्यक्ष श्री शालिकराम पौडेल र विपश्यना फार्मेसीका सञ्चालक श्री महेश पाण्डेले आ(आफ्ना भनाइ राख्नुभएको थियो । उक्त शिविरबाट ६५ जना शेयर सदस्यहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिनुभएको कुरा सस्थाका कोषाध्यक्ष श्री सुवासचन्द्र ढकालले जानकारी गराउनुभएको छ । उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य उप समिति सदस्य   शेषकान्त पोख्रेलले गर्नुभएको थियो ।