प्रकाश न्यौपाने
जेष्ठ २ गते
नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले ११ लाख २४ मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ। प्रहरीले भारतबाट अबैध रूपमा नेपाल भित्र्याउदाँ गरेकाे अवस्थामा मालसामन बरामद गरेकाे छ । प्रहरीले जिल्लाकाे बर्दघाट नगरपालिका वडा नम्बर ४ टिसिएन चाेक भारतबाट अबैध रूपमा नेपालमा भित्र्याउदाँ गरेकाे अवस्थामा उक्ति मानसमान बरामद गरेकाे हाे ।
जिल्ला नवलपरासी बर्दघाट ४ टिसिएन चोक स्थित दक्षिणबाट उत्तर तर्फ ३ वटा माेटरसाईकलमा सामान राखी ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख बिरेन्द्र केसिकाे कमाण्डमा खटिएको टोलिले समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनु भयो ।
टिसर्ट ६२७ पिस . ५,०१,६०० सेण्डो भेष्ट ४९० पिस ४९,०००,लेडिज कुर्था ७३४ पिस ५,१३,८०० , जेन्स कुर्था ६० पिस ६०,०००गरी जम्मा मुल्य रु. ११,२४,४०० बराबरको मालसामान बरामद गरिएकाे डिएसपी पाण्डेले बताउनु भयो । सामान नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बर्दघाटमा ल्याई भन्सार कार्यालय महेशपुर पठाईएकाे र उक्त सामान ल्याउने कार्यमा संलग्न मोटरसाइकल तथा मानिसहरूको खोजतलाश तथा अन्य अनुसन्धान भईरहेकाे प्रहरीले जनाकारी दिएको छ ।