चार्ज गर्नु नपर्ने स्मार्टवाच आयो

प्रकाशित मिति:

म्याट्रिक्सले चार्ज गर्नु नपर्ने म्याट्रिक्स पावरवाच नामक स्मार्टवाच अन्तर्राष्ट्रिय बजारमा उतारेको छ । प्रयोगकर्ताको शरीरको तापबाट सञ्चालन हुने भएकाले यसलाई चार्ज गर्नु पर्दैन । यसमा रहेको थर्मोइलेक्ट्रिक प्रविधिले प्रयोगकर्ताको शरीरको तापलाई इलेक्ट्रोनिक पावरमा परिणत गर्छ । पावरवाच एप डाउनलोड गरी यसमार्फत क्यालोरी मापन एवं स्टेप काउन्ट गर्नुका साथै सुतेका बेला समेत तापक्रम मापन गर्न सकिन्छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य २ सय ३९ अमेरिकी डलर छ ।