आत्मशान्ती अनाथ आश्रमको २२ औं साधारणसभा सम्पन्न

प्रकाशित मिति:

रुपन्देहीको मणिग्राममा सञ्चालित आत्मशान्ती अनाथ आश्रमले बिहीबार आफ्नो २२ औं साधारणसभा मनाएको छ । अनाथ असहाय महिला कल्याण समाजद्वारा सञ्चालित आश्रमले २२ औं साधारणसभाका अवसरमा श्री मेदिनी आधारभूत विद्यालय र शान्ति नमुना माविमा अध्ययनरत पाँच–पाँच जना बालबालिकालाई ड्रेस तथा शैक्षिक सामग्री प्रदान गरेको छ । ती बालबालिकालाई १० कक्षासम्म पढाउने गरी आश्रमले त्यसको जिम्मा लिने भएको छ । साधारणसभाको उदघाटन गर्दै समाजसेवी चिन्तामणि न्यौपानेले अनाथ तथा असहाय बालबालिकाको कल्याणमा आश्रमले पु¥याएको सहयोग अतुलनीय रहेको बताए ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष मैनादेवी भण्डारीले गतवर्ष आश्रमको अक्षयकोष ३७ लाख रहेकोमा यो वर्ष ४२ लाख पुगेको जानकारी दिइन् ।  साधारणसभाका अवसरमा समाजसेवी मनोरमा शेरचन, तिलोत्तमा वडा नम्बर ६ कि महिला सदस्य संगीता गुरुङ, शान्ति सिर्जनशील आमा समूहकी , यदुलाल पौड्याल, पार्वती श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । भण्डारीका अनुसार हालसम्म ३२ जनाले आश्रय लिइसकेको आत्मशान्ति अनाथ आश्रममा अहिले भने ११ जना बालबालिकाले आश्रय लिइरहेका छन् । आश्रमको भौतिक संरचना तथा अक्षयकोष वृद्धि गरी बढीभन्दा बढी अनाथ तथा असहाय बालबालिकाहरूलाई आश्रममा आश्रय दिन चाहेको र यसका लागि सबैको सहयोग जरुरी रहेको उनले बताइन् ।