आदिवासी जनजातिका सांस्कृतिक पर्वमा दिइदैं आएको विदा कटौति गरेर अस्तित्व मेटाउंन खोजेको आरोप

१२ पुष २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
7 Shares


नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा.ओम गुरुङले जनजातिका सांस्कृतिक चाडपर्वसंग इतिहास,गर्व,पहिचान र अस्तित्व जोडिएको बताउंनु भएको छ ।सरकारले आदिवासी जनजातिका सांस्कृतिक पर्वमा दिइदैं आएको विदा कटौति गरेर अस्तित्व मेटाउंन खोजेको उहांले आरोप लगाउंनु भयो । तमु ल्होसारमा दिइदैं आएको विदा कटौतिको विरोधमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीले जिल्ला प्रशासन कार्यालय,भैरहवामा गरिएको धर्ना पश्यात आयोजित कार्यक्रममा बोल्दैं गुरुङले विकास गर्ने भ्रममा सरकारले ल्होसारको विदा कटौति गरेको बताउंनुभयो । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सल्लाहकार समेत रहनुभएका उहांले सुखी नेपाली र सम्वृद्धि नेपालको सपना नवाढ्न सरकालाई चेतावनी दिनुभयो ।०७२ सालमा जारी भएको संविधानले नैं आदिवासी जनजाति,दलित,महिला,मुश्लिम,मधेसीलाई विभेद गरेको भन्दैं उहांले दशै–तिहारमा दिंदैं आएको विदा कटौति गर्नुपर्नेमा जोड दिनुभयो । दशै–तिहार सबै जाति विशेषको नभई केही जाति र धार्मिक समुदायले मनाउंने भएकाले विदा कटौति गर्नुपर्ने उहांको तर्क थियो ।सरकारले गुरुङ लगायत आदिवासी जनजातिका सांस्कृतिक पर्वमा दिंदैं आएको विदा कटौतिले सवत्र असन्तुष्टी चुलिएको भन्दैं विष्फोट भए सरकारले थेग्न नसक्ने दावी गर्नुभयो ।कार्यक्रममा समितिका केन्द्रीय सदस्य झपट गुरुङ,समिति प्रदेश ५ का प्रमुख चन्द्रबहादुर गुरुङ,सल्लाहकार झमबहादुर गुरुङ लगायतले बोल्दैं पौष १५ तमु ल्होसारमा सार्वजनिक विदा नदिए संघर्षको आधिंबेहरी ल्याउंने चतावनी दिएका थिए ।समितिका अध्यक्ष बिमला गुरुङको अध्यक्षता तथा सचिव ओमप्रकाश गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया