प्रकाश न्यौपाने
नवलपरासी, २५ जेठ । पश्चिम नवलपरासीमा सिमावर्ती क्षेत्रको बजारमा बजार अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समिति नवलपरासीले जिल्लाको सिमावर्ती क्षेत्र महेशपुरको बजारमा अनुगमन गरिएको छ।
बजार अनुगमन टोली अनमनमा जादा व्यवासयीहरु एका एक सटर बन्द गरेर भागा भाग भएका हुन । अनुगमन टोली देखि व्यवासयीहरु त्रसित भएर सटर बन्द गरी भगेको अनुगमन समितिले जानएको छ ।
जिल्ला बजार अनुगमन समिति नवलपरासीले जिल्लाको सिमावर्ती क्षेत्र महेशपुरको बजारमा अनुगमन गरिएको हो । बजार अनुगमनमा जादाँ अनुगमनको क्रममा सिमावर्ती क्षेत्र महेशपुर बजारको पसलहरुले अनुमति लिएपनि तर उक्त पसलहरुले विभिन्न प्रकृति चिजबस्तुका समानहरु बिक्री वितरण गरेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको उद्योग अधिकृत गंगाधर पाण्डेयले जानकारी दिनु भयो ।
किराना पसल दर्ता गरेर अनुमति लिएको तर सुर्तीजन्य पदार्थ, मसला , फोटो कापीको कारोबार गरेको भेटिएको पाण्डेयले बताउनु भयो । उहाका अनुसार अधिकाशं पसलहरु दर्ता रहेको तर अनुगमन क्रममा फर्म नियमानुसार नविकरण गर्नुपर्ने तर उक्त फर्महरुले नविकरण नगरेको छन । उक्त फर्महरुलाई नविकरण गरी मात्र करोबार गर्न निर्देशन दिईएको पाण्डेयले बताउनु भयो ।
सम्बन्धित निकायमा स्क्रेप सप्लायर्सको दर्ता गरी उद्देश्य कवाडी सामान खरिद बिक्री राखि करोबार गर्ने भनि उल्लेख गरी उक्त संचालकले फोटोकापी गाडीभाडाको करोबार गरेको अनुगमनको क्रम भेटिएको कर सेवा कार्यालय परासीका कर अधिकृत बिकल्प भट्टराईले जानकारी दिनि भयो ।
उहाका अनुसार एउटा पसलले भ्याटमा दर्ता गरेको तर भ्याट खरिदबिक्री खातामा नचठाएको र उक्त पसल संचालकलाई खाता अपडेट गर्न निर्देशन दिएको बताउनु भयो । एक मदिरा सप्लायर्सलाई बिलबिजक नराखेको भन्दै बिस हजार जरिवान र पानी उद्योगलाई दुई हजार जरिवान लागाईएको भट्टराईले बताउनु भयो ।
अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत संदिप लामिछाने ,कर सेवा परासीको अधिकृत विकल्प भट्टराई,घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गंगाधर पाण्डेय, घरेलु तथा साना उद्योग नविन बस्याल पत्रकार लगायतको सहभागिता रहेको छ ।