दुई कोरियाबीच अभूतपूर्ण समारोह सम्पन्न ।

१२ पुष २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
26 Shares


सोल, ११ पुस (रासस सिन्ह्वा) । दक्षिण कोरिया र उत्तर कोरियाको सीमाक्षेत्रका इलाकाहरुमा आधुनिक रेलमार्ग र सडकहरुले जोड्न शुरु गरिएको एक अभूतपूर्व समारोह बुधबार सम्पन्न भएको छ ।सो समारोह दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेशनबाट शुरु भएको छ । यस समारोह मा दक्षिण र उत्तर कोरिया गरी एकएक सय व्यक्तिको सहभागिता रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ ।
यस समारोह स्थानीय समयानुसार बुधबार बिहान १० बजे शुरु भएको थियो । गत सेम्टेम्बरमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाली उच्च नेता किम जोङ–उनबीच प्योङयाङमा सम्पन्न शिखर सम्मेलनका क्रममा भएको सम्झौता अनुसार नै यो कार्य सम्पन्न भएको बताइएको छ ।उक्त सम्मेलनामा यस बर्षको अन्त्यसम्ममा नै कोरियिाली प्रायःद्वीपको सीमा क्षेत्रमा रेलमार्ग र सडक मार्ग बनाइने सम्झैता भएको थियो । गत अप्रिलमा मुन र किमबीच भएको पहिलो सम्मेलनमा नै आधुनिक र पूर्वी र पश्चिम कोरियाली प्रायःद्वीपमा आधुनिक रेलमार्ग र सडकमार्ग जोडिने सम्झौता भएको थियो ।

दक्षिण कोरियाली भूमिसुधार मन्त्री, आधारभूत संरचना मन्त्री किम ह्युन मि, यातायात मन्त्री किम युन ह्योक र उत्तर कोरियाका उप रेलवे मन्त्रीको सो समारोहमा सहभागिता रहेको थियो ।त्यसैगरी दक्षिण कोरियाको तर्फबाट अन्य उच्चस्तरीय सरकारी अधिकारीहरुको पनि सहभागिता रहेको जनाइएको छ । कार्यक्रममा सन् १९५० बाट १९५३ सम्मको कोरियाली युद्धताका छुट्टिएका पाँच सर्वसाधारणलाई दक्षिण कोरियाका तर्फबाट निमन्त्रणा गरिएको थियो ।उत्तर कोरियाका तर्फबाट शान्ति र पुनः एकीकरण जन्मभूमि कमिटीका अध्यक्ष रि सन–ग्वोन र अन्य चार उच्चस्तरीय सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो ।दक्षिण कोरियाको राजधानी सोलको सोल रेलवे स्टेशनबाट दक्षिण कोरियाली १०० सहभागीलाई नौ ओटा कार र रेलमा कोरियाली प्रायःद्वीपमा सीमाक्षेत्र डोरासनमा लगिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या