नयाँ शक्तिको तिलोत्तमा नगरको संयोजकमा कँडेल|

प्रकाशित मिति:

वुटबल,१२ पुष
वसन्त आचार्य
नयाँ शक्ति पार्टी, नेपालको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगर भेला बिहिबार सम्पन्न भएको छ । भेलाले पुरशोत्तम कँडेलको नेतृत्बमा २५ सदस्यीय नगर कमिटी समेत गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै नयाँ शक्तिका केन्दि«य कार्यकारी सदस्य तथा प्रदेश नं. ५ का प्रवक्ता मनिकर कार्कीले देशलाई बिकास र समृद्धिमा लैजानको लागि देशमा वैकल्पीक शक्तिको आबश्यकता रहेको बताउँदै नयाँ शक्तिले त्यसलाई पुरा गर्ने दाबी समेत गनुभयो । त्यसैगरी नयाँ शक्तिका रुपन्देही संयोजक किस्मत बिकले पार्टी केन्द«को ५ महिना ५ काम ५ परिमाणलाई पूर्णरुपमा सफल बनाउनको लागि अगाडि बढनको लागि पार्टीका नेता तथा कार्यकतालाई आह्वान गर्नुभयो |

भेलामा आर्थिक बिभाग प्रमुख नर बहादुर सुनार , प्रचार प्रसार बिभाग प्रमुख भुवन पौडेल र महिला जिल्ला संयोजक जयन्ती काराखेती लगायतको उपस्थीति रहेको थियो । बाबुराम पौडेलको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । नयाँ शक्तिले रुपन्देहीमा पनि ५ महिना ५ काम ५ परिमाणलाई तीव्रताका साथ अगाडी बढाउने प्रचार प्रसार बिभाग प्रमुख भुवन पौडेलले बताउनु भयो ।