समाजवादी मोर्चा आज घोषणा नहुने

प्रकाशित मिति:

काठमाडौं, असार – माओवादी केन्द्रलगायत दलहरुले बनाउने भनेको समाजवादी मोर्चा आज शुक्रबार घोषणा नहुने भएको छ। नेताहरुले आज असार १० मोर्चा गठनको घोषणा हुने बताउँदै आएका थिए।आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने नेताहरुको भनाइ छ। मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी नेकपा एस, जनता समाजवादी पार्टी जसपा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा सहभागी हुने पक्का छ। मोर्चामा डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा लाई पनि समेट्नेबारे छलफल भइरहेको छ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले दलहरुको आन्तरिक तयारी नपुगेकाले आज मोर्चा घोषणा नहुने बताए। मोर्चाबारे छलफल गर्न आज नेकपा एसको केन्द्रीय सचिवालयको अनौपचारिक बैठक बसेको थियो। बैठकले समाजवादी मोर्चामा सामेल हुने पहिले नै गरिएको निर्णय बैठकले अनुमोदन गरेको उनले जानकारी दिए।मोर्चाले समाजवादको पक्षमा वकालत गर्नेहरूलाई एक ठाउँमा उभ्याएर ‘लेफ्ट फन्ट’ बनाउन सहयोग पुर्‍याउने खतिवडाले बताए। प्रदेश र जिल्लामा पनि मोर्चा बनाइने उनको भनाइ छ।नेसपा अध्यक्ष डा।बाबुराम भट्टराईले समाजवादी मोर्चाबारे समझदारी बनेको बताएका छन्। समाजवादी मोर्चाबाट भट्टराई अलग्गिएको चर्चा भएपछि उनले प्रचण्डसँग भेटेरै समझदारी भएको जनाएका छन्।समाजवादी मोर्चा निर्माण गर्न। विचार,नीति,कार्यक्रम,संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी, भट्टराईले ट्विटमा भनेका छन्। उनले प्रचण्डको भारत भ्रमण, बजेट र शान्ति प्रक्रियाका बाँकी काम बारे पनि कुराकानी भएको उल्लेख गरेका छन्।