
बुटवलमा १० करोड लगानीमा आई.टी. सफ्टवेयर कम्पनी स्थापना- गुणस्तरिय सेवाका लागि बिदेश जानु पर्ने अवस्थाको अन्त्य भएको दावी
बुटवल, जेठ । सि.एस.आई.टी. र सफ्टवेयर ईन्जिनियरिङ्गका बिद्यार्थीहरुका लागि अभ्यास, खोज, अनुसन्धान र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले बुटवलमा टुना टेक्नोलोजीको स्थापना गरिएको छ । बिश्वप्रसिद्ध टेक्नोलोजीमा नेपाली बिद्यार्थीहरुका लागि वेभ डेभलपमेन्ट, वेभ डिजाईन, सफ्टवेयर एप्लिकेशन, बिश्वमा चलेका संचार प्रबिधि र ईन हाउस ईन्टर्नसिपको ब्यबस्था गरिएको छ । यो उच्चस्तरिय आधुनिक प्रबिधि भएको र यसबाट सन्चार प्रबिधि आइ.टि.र सफ्टवेयर प्रोगामिङ्गका लागि काठमाडौं वा बिदेश जानु पर्ने अवस्थाको अन्त्य भएको छ ।
बिगत एक बर्षदेखि आंशिक रुपमा सेवा उपलब्ध गराउदै आएको टुना टेक्नोलोजीले देशबिदेशमा लामो समय काम गरेका अनुभवी र बिज्ञहरुबाट पुर्णकालिन सेवा शुरु गरेसँगै छोटो समयमा उपभोक्ताको मुख्य रोजाईमा पर्न थालेको छ । ब्यावसायिक संस्थाहरुलाई आवश्यक पर्ने सफ्टवेयर, वेबसाइड तथा सूचना प्रविधि सम्वन्धी सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको सो टुना टेक्नोलोजी गुणस्तरीय सेवाकै कारण आम उपभोक्ताको मन जित्न सफल भएको हो ।
योगिकुटीमा मुख्य कार्यालय रहेको सो कम्पनीका अध्यक्ष गणेशचन्द्र पोखरेलले आईटी सेक्टरको उच्चस्तरिय सेवा प्रदायक कम्पनी लुम्बिनी प्रदेशमा पहिलो पटक स्थापित भएर सेवा दिंदै आएको बताउनु भएको छ । दक्ष युवाहरुलाई स्वदेशमा टिकाउन र आईटी अध्ययन गरेका आई टि विद्यार्थीहरुलाई ईनहाउस ईन्टर्नसिप गराउने समेतका गर्दै आएको उहाले बताउनु भयो । आधुनिक प्रबिधिको प्रयोग गरि सफ्टवेयर सुरक्षामा विशेष ध्यान दिईएको उहाले दाबी गर्नुभयो ।कार्यक्रममा टेक्नोलोजीका प्रमुख प्राविधिक (सिटिओ) सर्वजित मिश्राले विश्वमा नै मान्यता प्राप्त डाटा सेन्टर प्रयोग भएको बताउदै नेपालभित्र नै सबै ग्राहकको डाटा सुरक्षित हुने जानकारी गराउनु भयो । हाल आफ्नै डाटा सेन्टर बनाउन ठूलो रकम खर्च हुने भएकाले अहिले नै सम्भव नरहेपनि भविष्यमा हुनसक्ने बताउनु भयो । प्लाटफर्म नै सरक्षित भएकाले ह्याकिङ, स्क्याम्को सम्भावना नरहेको भन्दै ग्राहकलाई समेत आवश्यक तालिमहरु दिदै आएको बताउनु भयो ।
कम्पनीका सिईयो राजिव गौतमले ब्यक्तिगत र ब्यावसायिक दुबै प्रकारका एकाउन्ट बनाएर सेवा दिदै आएको जानकारी गराउदै कम्पनीको मुख्य ३ वटा सफ्टवेयरहरु टुना ईआरपि, एच.एम.एस र साझा मेनु बजारमा लन्च भैसकेको बताउनु भयो । विशेषगरी बजारको माग अनुसार सफ्टवेयर उत्पादन, होटल म्यानेजमेन्ट र डिजिटल मार्केटिङ गरि फरकफरक क्षेत्रका सफ्टवेयर संचालन भैरहेको उहाँको भनाई छ । बिषयगत रुपमा बजार प्रतिनिधि तयार गरेर माग अनुसारको उत्पादन गर्दै आएको उल्लेख गर्दै उहाँले सरकारी कार्यालयमा समेत सेवा दिदै आएको जानकारी गराउनु भयो ।उहाँले भन्नु भयो—डाटा सेन्टर र आन्तरिक कनेक्सन गर्ने काम चलेको छ । सर्भर विदेशीको लिनुपर्ने बाध्यता रहेको छ । टुनाले बजारमा सर्भिस र बजारीकरणको दुई वटा बाहिरी संरचना रहेको छ । यसैगरी भित्री रुपमा समेत सफ्टवेयर निर्माणको आफ्नो दक्ष जनशक्ति निरन्तर लाग्दै आएको छ । कम्पनीका संचालक धुव न्यौपाने, ई. प्रदिप भण्डारी, जिवन कुँवर र दुर्गा भण्डारीले बजारको माग अनुसार नयाँ नयाँ सफ्टवेयर उत्पादनमा जोड दिएको बताउनु भयो ।स्थानिय युवाहरुको सक्रियतामा स्थापना भएको सो कम्पनी करीब १० करोड रुपैयाँ लागतमा स्थापित भएको हो । हाल कम्पनीले २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । स्वदेशमा काठमाडौं र विदेशमा सिड्नी अष्ट्रेलियामा शाखा कार्यालय रहेको कम्पनीका प्रबन्ध निर्देशक माधव अर्यालले बताउनु भएको छ । आईटी र सफ्टवेयरको गुणस्तरिय सेवाका लागि बिदेश जानु पर्ने अवस्थाको अन्त्य भएको दावी उहाँले गर्नुभएको छ ।